२०८३, आश्विन १९ गते

images

सत्ता परिवर्तनको असर सेयर बजारमा, बजार सुरु हुन नपाउँदै बजार ‘हल्ट’

सत्ता परिवर्तनको असर सेयर बजारमा, बजार सुरु हुन नपाउँदै बजार ‘हल्ट’

सीएनएन खबर
मंगलवार, आषाढ १८ २०८१११:१४
सीएनएन खबर
मंगलवार, आषाढ १८ २०८१११:१४
  • images

    काठमाडौं । सरकार परिवर्तन हुने भएपछि शेयर बजारमा उछाल आएको छ । नेकपा एमाले र नेपाली काँग्रेस मिलेर सरकार बनाउने सहमति भएपछि मंगलबार शेयर बजारमा उछाल देखिएको हो । 

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से) खुलेको केही मिनेटमै हल्ट (बन्द) भएको छ । नेपाली काँग्रेस र नेकपा एमालेको गठबन्धन सरकार बन्ने भएपछि नेप्से परिसूचक ४ प्रतिशत बढेर केही समयका लागि बन्द भएको हो । 

    बजार खुलेको २ मिनटेमा ८२.४८ अंकले बढेको हो । काँग्रेस र एमालेको गठबन्धन सरकार बनेपछि लगानीकर्तामा उत्साह छाएको देखिन्छ । साथै अर्थमन्त्री एमालेले पाउने भएपछि पनि लगानीकर्तामा उत्साह छाएको देखिन्छ ।

    २ मिनटेको अवधिमा २२२ कम्पनीको २ लाख २४ हजार ६६ कित्ता सेयर १ हजार ४९९ पटक खरिदबिक्री हुँदा ८ करोड ६९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको नेप्सेले जनाएको छ । 

    साथै कर्णाली डेभलपमेन्ट बैंकको सेयरमा सकारात्मक सर्किट लागेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend