२०८३, आश्विन १९ गते

images
  • स्थानीय
  • नरैनापुरका नयाँ प्रशासकीय अधिकृतलाई अध्यक्ष शाहद्वारा...

नरैनापुरका नयाँ प्रशासकीय अधिकृतलाई अध्यक्ष शाहद्वारा अस्विकार, हाजिर नगराइ फिर्ता पठाउने तयारी

नरैनापुरका नयाँ प्रशासकीय अधिकृतलाई अध्यक्ष शाहद्वारा अस्विकार, हाजिर नगराइ फिर्ता पठाउने तयारी

शुक्रवार, मंसिर १४ २०८१०७:२४
शुक्रवार, मंसिर १४ २०८१०७:२४
  • images

    काठमाडौँ । बाँकेको नरैनापुर गाउँपालिका अध्यक्षले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (स्थानीय तह कर्मचारी प्रशासन शाखा)ले सरुवा गरेर पठाएको प्रमुख प्रशासकीय अधिकृतलाई अस्वीकार गरेका छन् ।

    नरैनापुर गाउँपालिका अध्यक्ष शैयद इस्तियाक अहमद शाहले मन्त्रालयले पालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा पठाएको नवराज वलीलाई अस्वीकार गरेका हुन् ।

    ‘अध्यक्षको सहमति बिना नरैनापुर गाउँपालिकामा मेरो सरुवा भएकोले अध्यक्षले हाजिर गराउने संचारमाध्यमबाट जानकारी प्राप्त भएकोले आफ्नो ज्यानलाई जोखिममा राखेर नरैनापुर नजाने मनसाय बनाएको छु, ‘अध्यक्षले हाजिर नगराउने भएपछि पालिकामा जानुको अर्थ छैन,’ उनले भने ।

    वलीलाई स्थानिय तह प्रशासन शाखाको मंसिर ९ गतेको निर्णयले अछामको पन्चदेवल विनायक नगरपालिकाबाट सरुवा गरेको थियो ।

    हल कार्यरत प्रमुख प्रशासकीय अधिकृत जनकलाल चौधरीलाई मनोमानी तरिकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा गरेपछि अध्यक्ष शाहले वलीलाई फिर्ता बोलाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राज कुमार गुप्तालाई फोन गरेर जानकारी गराइ सकेका छन ।

    उनले गाउँपालिका मन्त्रीले चलाएर नचल्ने भएकोले निष्पक्ष रुपमा काम गरिरहेको व्यक्तिलाई सरुवा गरेर पालिकामा भ्रष्टाचार ननिम्त्याउन आग्रह गरे ।

    गाउँपालिकाको काम प्रभावित भए मन्त्री गुप्ताले नै जिम्मेवारी लिनु पर्ने बताउदैं कानुन बिपरित गरिएको सरुवा रद्द गर्न आग्रह गरे । उनले जनकलाल चौधरीको सरुवा नगर्न भनि लिखित रुपमा नै मन्त्रालयमा पत्राचार गरे पनि गाउँपालिका अध्यक्षको पत्रलाई मन्त्रीले बेवास्ता गरेकाले आफू कडा रुपमा प्रस्तुत हुने जिकिर उनले गरे ।

    गाउँपालिका भारतको सिमानामा रहेकोले भौगोलिक अवस्थाको वारेमा अध्ययन नगरि पालिका अध्यक्षको सहमति समेत नलिएर व्यक्तिको राजनीतिक स्वार्थ पुर्तिका लागि सरुवा गरिएकोले वलिलाई हाजिर हुन नदिने यदि हाजिर हुन आएको खण्डमा कुनै अप्रिय घटना भए वलि स्वयंम जिम्मेवार हुने जिकिर गरे ।

    अध्यक्ष शाहले भने, ‘मसँग मन्त्रालयले पनि समन्वय गरेन, प्रमुख प्रशासकीय अधिकृतले पनि समन्वय गरेनन्, अरु कसैसँग मिलेर आएका हुन, हामी विरुद्ध षड्यन्त्र भईरहेको छ ।’

    कानून विपरित प्रमुख प्रशासकीय अधिकृतको सरुवा, आन्दोलनमा कर्मचारी कानून विपरित प्रमुख प्रशासकीय अधिकृतको सरुवा, आन्दोलनमा कर्मचारी

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend