काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन् । शनिबार शीतल निवासमा उनीहरूबीच भेट भएको हो । भेटमा प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमणबारे कुरा भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री ओलीले आफ्नो चीन भ्रमणबारे राष्ट्रपतिसमक्ष ब्रिफिङ गरेका छन् । उनले चीन भ्रमणका क्रममा हुने सम्झौता तथा सहमति, भ्रमण दलमा सहभागी हुने व्यक्तित्वलगायतका विषयमा राष्ट्रपतिलाई जानकारी गराएका हुन् ।
प्रधानमन्त्री ओलीले गर्ने तीनदिने चीन भ्रमणका क्रममा चिनियाँ महत्वाकांक्षी प्रोजेक्ट रोड एन्ड इनिसियटिभ (बीआरआई) बारे के हुन्छ भन्ने सवत्र चासो छ । नेपालले यसअघि नै बीआरआईमा सहमति जनाए पनि कुन कुन आयोजना गर्ने भन्ने निर्क्यौल भएको छैन । जसका कारण बीआरआई कार्यान्वयनमा जान सकेको छैन । नेपालमा बीआरआईबारे एकरुपता पनि छैन । एकपक्षले चिनियाँ ऋण लिन नहुने बर अनुदान भए मात्र बीआरआई कार्यान्वयन गर्नुपर्ने बताउँदै आएको छ भने एकपक्ष बीआरआई कार्यान्वयन हुनुपर्ने पक्षमा छ । सरकारको नेतृत्व गरिरहेको नेकपा एमाले बीआरआईप्रति नरम देखिए पनि सत्ता साझेदार कांग्रेस भने ऋण नभई अनुदानमा बीआरआई कार्यान्वयन हुनुपर्ने पक्षमा छ ।
कांग्रेस र एमालेलेल बनाएको बीआरआईबारे सुझाव दिन गठित कार्यादलले आइबारै प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवालाई सहमतिबारे ब्रिफिङ गरेको छ । शनिबार कांग्रेस र एमालेका शीर्ष नेताहरूबीच प्रधानमन्त्री निवासमा छलफल भएको थियो । जसमा र्कादलका सदस्य कांग्रेस महामन्त्री गगन थापाले बीआरआईबारे भएको सहमतिबारे ब्रिफिङ गरेका थिए ।

