२०८३, आश्विन १९ गते

images

बेइजिङ पुगे प्रधानमन्त्री ओली

बेइजिङ पुगे प्रधानमन्त्री ओली

सीएनएन खबर
सोमवार, मंसिर १७ २०८१०५:१४
सीएनएन खबर
सोमवार, मंसिर १७ २०८१०५:१४
  • images

    काठमाडौँ । चीन भ्रमणमा गएको प्रधानमन्त्री केपीशर्मा ओली नेतृत्वको टोली बेजजिङस्थित बेइजिङ क्यापिटल इन्टरनेसनल विमानस्थलमा अवतरण गरेको छ । 

    चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली नेतृत्वको टोली सोमबार बिहान ११.१६ बजे हिमालय एयरलाइन्सको विशेष चार्टर विमानमाफत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनका लागि उडान भरेको थियो । 

    चीनको स्थानीय समयअनुसार साँझ ६ बजे बेइजिङ क्यापिटल इन्टरनेसनल विमानस्थल पुगेको हिमालय एयरलाइन्सले जनाएको छ । कम्पनीका अनुसार उक्त उडानको उडानदलमा वरिष्ठ क्याप्टेन हाओ दी ९पाइलट इन कमाण्ड, उपाध्यक्ष अपरेशन्स०, क्याप्टेन रिवाज प्रसाद प्रधान र फर्स्ट अफिसर सागर श्रेष्ठ रहेका छन् । 

    प्रधानमन्त्री ओली लगायतका भ्रमण दलका सदस्यलाई बेइजिङ विमास्थलमा हिमालय एअरलाइन्स्का अध्यक्ष झो एन्‍योंग वायुयानमा स्वयं उपस्थित भई स्वागत गरेका छन् । 

    भ्रमणका क्रममा मंसिर १८ गते चिनियाँ समकक्षी छ्याङले प्रधानमन्त्री ओलीलाई स्वागत गर्नेछन् । तत्पश्चात् दुईपक्षीय वार्ता र हस्ताक्षर समारोह हुने कार्यक्रम छ । प्रधानमन्त्री ओली चीनको भ्रमण पूरा गरी यही मङ्सिर २० गते स्वदेश फर्कने कार्यतालिका छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend