२०८३, आश्विन २० गते

images
  • अर्थतन्त्र
  • विद्युतीय माध्यमबाट कारोबार गर्दा सावधानी अपनाउन...

विद्युतीय माध्यमबाट कारोबार गर्दा सावधानी अपनाउन केन्द्रीय बैंकको आग्रह

विद्युतीय माध्यमबाट कारोबार गर्दा सावधानी अपनाउन केन्द्रीय बैंकको आग्रह

मंगलवार, मंसिर १८ २०८१११:२२
मंगलवार, मंसिर १८ २०८१११:२२
  • images

    काठमाडौं । नेपाल राष्ट्र बैंकले विद्युतीय कारोबार गर्दा सावधानी अपनाउन आग्रह गरेको छ । केन्द्रीय बैंकले वित्तीय चेतनाका लागि आज एक सूचना जारी गर्दै विद्युतीय कारोबारमा सजगता अपनाउन आग्रह गरेको हो ।

    केन्द्रीय बेंकले मोबाइल बैंकिङ्ग एप, डिजिटल वालेटजस्ता विद्युतीय माध्यमबाट वित्तीय कारोबार गर्दा सावधानी अपनाउन आवश्यक रहेको औंल्याएको छ । ‘विद्युतीय कारोबारको गति द्रुत हुने र कारोबारको जालो जटिल हुने भएकाले रकम ट्रान्सफर भइसकेपछि वित्तीय ठगहरुबाट रकम फिर्ता गर्ने कार्य पनि जटिल हुन सक्छ’, सूचनामा भनिएको छ, ‘त्यसैले विद्युतीय माध्यमबाट रकम ट्रान्सफर गर्दा हतार नगरी रकम प्राप्त गर्ने व्यक्तिको नाम, खाता नम्बर, ट्रान्सफर गर्नुपर्ने रकमलगायत सबै विवरण त्रुटिरहित भएको यकिन गर्नुपर्दछ।’

    बैंकद्वारा जारी सूचनामा भनिएकाे छ,’खासगरी रकम प्राप्त गर्ने व्यक्तिको मोबाइल नम्बर प्रयोग गरी रकम ट्रान्सफर गर्दा त्रुटि हुने घटना बढी देखिएकोले रकम प्रापकको नाम तथा मोबाइल नम्बर ठीक रहे/नरहेको यकिन गर्नुपर्ने सूचनामा उल्लेख छ। साथै, विद्युतीय कारोबारमा सुरक्षा अपनाउन बलियो पासवर्ड प्रयोग गर्ने, कारोबार गर्दा प्रयोग हुने पासवर्ड, पिन कोड, ओटीपी, टोकन नम्बर जस्ता संवेदनशील वित्तीय जानकारी अरु कसैलाई पनि नदिने तथा ठूलो वित्तीय नोक्सानीबाट बच्न मोबाइल बैंकिङ्ग, डिजिटल वालेट आदिबाट हुने कारोबारमा सीमा तोक्ने बानी बसाल्न पनि राष्ट्र बैंकले सुझाव दिएको छ।’ 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend