२०८३, आश्विन १९ गते

images

नेपाललाई ९ अर्ब अनुदान दिने चिनियाँ राष्ट्रपतिको घोषणा

नेपाललाई ९ अर्ब अनुदान दिने चिनियाँ राष्ट्रपतिको घोषणा

मंगलवार, मंसिर १८ २०८१०९:५१
मंगलवार, मंसिर १८ २०८१०९:५१
  • images

    काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनपिङले नेपाललाई ५०० मिलियन आरएमबी अर्थात् करीब ९ अर्ब रूपैयाँ अनुदान सहयोग गर्ने घोषणा गरेका छन् ।

    प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सीबीच भएको भेटवार्तामा उनले अनुदान दिने घोषणा गरेका हुन् । चीनको ४ दिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सीसँग अनुदानबारे छलफल गरेका प्रधानमन्त्रीको सचिवालयले पुष्टि गरेको छ ।

    चिनियाँ प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली चीनमा छन् । मंगलबार प्रधानमन्त्री ओलीले चिनियाँ समकक्षी लीसँग भेटवार्ता गरी द्विपक्षीय आपसी हितका विविध विषयमा विचार आदानप्रदान गर्नुका साथै ९ बुँदे सहमतिमा हस्ताक्षर र चिनियाँ राष्ट्रपति सीसँग भेटवार्ता गरेका छन् ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend