२०८३, आश्विन १९ गते

images
  • खेलकुद
  • कप्तान रोहित पौडेलको शानदार प्रदर्शन, लुम्बिनीको...

कप्तान रोहित पौडेलको शानदार प्रदर्शन, लुम्बिनीको पहिलो जित

कप्तान रोहित पौडेलको शानदार प्रदर्शन, लुम्बिनीको पहिलो जित

मंगलवार, मंसिर २५ २०८१०१:४२
मंगलवार, मंसिर २५ २०८१०१:४२
  • images

    काठमाडौं ।  नेपाल प्रिमियर लिग (एनपीएल) मा कप्तान रोहित पौडेलको अलराउण्डर प्रदर्शनले लुम्बिनी लायन्सलाई पहिलो जित हासिल भएको छ।

    १६८ रनको लक्ष्य लिएर ब्याटिङमा उत्रिएको चितवन राइनोजले ८ विकेट गुमाएर १३४ रन बनायो। चितवनका लागि लुक बेनकेन्सटाइन ३१, कप्तान कुशल मल्ल २०,  रवि बोपरा १२, सन्तोष कार्की १०, जन  इटन लफ्टी र अमर रौटेलले समान ६,  विपिन रावल पाँच,  सोहेल तान्विर एक रन बनाए भने रिजन ढकाल र नर सार्कीले क्रमश १५ र २२ रनमा अविजित रहे।

    लुम्बिनिका लागि कप्तान रोहित पौडेलले चार, रामोण्ड सिमोन्सले दुई, अभिशेष गौतम, साद विन जफरले समान एक एक विकेट लिए। टस हारेर ब्याटिङ गरेको लुम्बिनीका कप्तान रोहित पौडेल र साद विन जफरले ११४ रनको उत्कृष्ट साझेदारी गर्दै १६७  रन बनायो। लुम्बिनीका लागि पौडेल ८०, अर्जुन साउद १५, टम मुर्स १०, आशतोष घिरैया एक, उन्मुक्त चन्द शून्य र जफरले ५२ बनाए भने सन्दीप जोरा एक चौकासहित ४ रनमा अविजित रहे।

    चितवनका लागि रिजन ढकाल तीन विकेट, रञ्जित कुमार, कप्तान कुशल मल्लले समान एक एक विकेट लिए। यसअघि ४ खेलमा चितवनले ३ खेलमा जित निकालेको छ। चितवनले पहिलो खेलमा काठमाडौं गुर्खाजलाई ५ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई ८७ रनले पाखा लगाएको थियो। तेस्रो खेलमा कर्णाली याक्ससँग ६ विकेटले पराजित भएको चितवनले चौथो खेलमा भने उत्कृष्ट लयमा रहेको सुदूरपश्चिम रोयल्सलाई ३३ रनले पाखा लगाएको थियो।

    उता लुम्बिनीले भने हालसम्म खेलका चार वटै खेलमा पराजय व्यहोरेको थियो। लुम्बिनी विराटनगर किङ्ससँग २ विकेटले पराजित भएको थियो भने पोखरा एभेन्जर्ससँग १० विकेटले स्तब्ध बनेको थियो। त्यस्तै सुदूरपश्चिमसँग ४५ रनले पराजित भएको लुम्बिनी जनकपुर बोल्ट्ससँग १ रनले पराजित हुन पुगेको थियो।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend