काठमाडौँ । माछापुच्छ्रे बैंकले यस वर्ष शेयरधनीहरूलाई कुनै पनि प्रकारको लाभांश (बोनस शेयर र नगद) वितरण नगर्ने निर्णय गरेको छ।
बैंकको सञ्चालक समितिको हालै सम्पन्न बैठकले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट लाभांश वितरण नगरी सो रकम ऋणपत्रको भुक्तानी कोषमा जम्मा गर्ने निर्णय गरेको हो।
सञ्चालक समितिको निर्णयअनुसार गत आर्थिक वर्षसम्म कायम रहेको वितरणयोग्य मुनाफा पूर्ण रूपमा ऋणपत्रको भुक्तानी कोषमा प्रयोग हुनेछ। यसअघि बैंकले १३.३० प्रतिशत बोनस शेयर वितरण गरेको थियो।
बैंकले गत आवको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय पनि गरेको छ। हाल माछापुच्छ्रे बैंकको प्रतिकित्ता शेयर मूल्य २ सय ४६ रुपैयाँ रहेको छ।

