२०८३, आश्विन २१ गते

images
  • विशेष
  • झन् कमजोर बन्यो एनआईसी एशिया बैंकः...

झन् कमजोर बन्यो एनआईसी एशिया बैंकः सर्वाधिक घट्यो नाफा

झन् कमजोर बन्यो एनआईसी एशिया बैंकः सर्वाधिक घट्यो नाफा

बिहिवार, मंसिर २७ २०८१०८:२२
बिहिवार, मंसिर २७ २०८१०८:२२
  • images

    काठमाडौं । एनआईसी एसिया बैंक झन् पछि झन् कमजोर बनेको छ ।  पछिल्लो समयको तथ्यांकले बैंकको नाफा ह्वात्तै घटेको छ भने निष्क्रिय अर्थात् खराब कर्जा पनि उत्तिकै रहेको छ ।

    चालु आर्थिक वर्ष २०८१/८२ को कात्तिक मसान्तसम्मको तथ्यांक अनुसार एनआइसी एसिया बैंकको मुनाफा सर्वाधिक ७१.८३ प्रतिशतले घटेको छ । 

    सबैभन्दा कम घनात्मक प्रतिसेयर आन्दानी

    यस्तै यस बैंकको सबैभन्दा कम घनात्मक प्रतिसेयर आम्दानी देखिएको छ । यसको इपीएस २.६० रहेको छ । सबैभन्दा धेरै एभरेष्ट बैंकको ११.६६ रुपैयाँ प्रतिसेयर आम्दानी रहेको छ । 

    पहिलो त्रैमासमा यस बैंकको खुद निष्क्रिय कर्जा अनुपात (नेट एनपीएल) ४.२४ प्रतिशत हुँदा खुद निष्क्रिय कर्जा अनुपात भने २.०८ प्रतिशतमा कायम भएको छ

    उच्च गैरबैंकिङ सम्पत्ती

    एनआईसी बैंकको गैरबैंकिङ सम्पत्ती उच्च रहेको छ । यस बैंकसँग बैंकसँग ४ अर्ब २२ करोड रुपैयाँ गैरबैंकिङ सम्पत्ती छ । 

    पछिल्ला दिनहरूमा यस बैंकले प्रकाशित गर्ने धितो लिलामीका सूचनाहरू पत्रपत्रिका र अनलाइनमा प्रकाशित गरेपनि बिक्री हुन सकेको छैन् । 

    खराब कर्जाको अनुपात चुलिएजस्तै लिलामीमा राखिएका धितोबापतका सम्पत्ति समेत बिक्री नहुनु यस बैंकका लागि टाउको दुखाइको विषय बनेको छ ।

    काण्डै काण्डले भरिएको बैंक

    नेपालमा सञ्चालित बैंकहरुमध्ये सबैभन्दा धेरै काण्डै काण्ड हुने बैंकको शिर्ष स्थानमा एनआईसी एसिया बैंकलाई लिन सकिन्छ । 

    यो बैंकले ग्राहकलाई दुःख दिनेदेखि लिएर बैंकका कर्मचारीहरुको समेत श्रम शोषण गर्ने गरेका समय–समय तथ्यहरु बहिर आएका छन् । विगतमा सबैभन्दा विश्वासीलो र भरपर्दो दाबी गरिएपनि बैंकप्रति अहिले सेवाग्राहीको विश्वास घट्दै गएको छ । केही समय अघि बैंकले ग्राहक ठग्नको लागि बैंकका कर्मचारीकै मिलेमतोमा नक्कली धनीपूर्जा बनाएर ऋण दिएको समेत प्रमाणित समेत भइसकेको छ । 

    त्यस्तै, एनआईसीमा कर्मचारीको मिलेमतोमा ग्राहकको पैसा चोरी हुन्छ भने कहिले साइबर सुरक्षामा ध्यान नदिदा ह्याक भएर पैसा चोरी हुने र खातामा पैसा हुँदा पनि बैंकले नदिनेसम्मका हर्कत गर्ने गरेका गुनासाहरु आउने गरेका छन् । 

    राष्ट्र बैंकको नीतिभन्दा विपरीत गएर बैंकले कर्जा प्रवाह गरेको र आफ्नो वासेल रिपोर्टमा गलत तथ्य पेस गरेको राष्ट्र बैंकको प्रारम्भिक अध्ययनले समेत प्रामाणित गरेको थियो । बैंकले पुँजीकोष मिलान गर्न वासेल रिपोर्टमा १ खर्ब ३४ अर्ब रुपैयाँको फर्जी कर्जा समेत देखाएर विवरण पठाएको थियो । त्यतिबेला बैंकको २ खर्ब ९३ अर्ब कुल कर्जा प्रवाहमध्ये आवासीय कर्जामा करिब ४७ प्रतिशत देखाइएको थियो ।

    घट्दो जनविश्वास 

    एनआईसी एसिया बैंकले पछिल्लो समय जनविश्वास गुमाउँदै गएको छ । बैंकले ओभर भ्यालुएसन गरेर ग्राहकलाई कर्जा दिने र कर्जाको किस्ता बुझाउन केही ढिला भएपछि धितो लिलामीको नाममा जफत गर्ने गरेको छ ।

    यस्तै बैंक तथा वित्तीय संस्थामध्ये एनआईसी एसिया बैंकले ऋणको घरजग्गा कब्जा गरेपछि सबैभन्दा बढी मुद्दा खेपिरहनु परेको छ ।

    किस्ता तिर्न ढिलो भएका ऋणीको घरमा सुरक्षागार्ड नै राखेर मानसिक यातना र सामाजिक बेइज्जती गर्ने गरेको छ । बैंकका कर्मचारीकै मिलेमतोमा नक्कली धनीपूर्जा बनाएर ऋण दिएको प्रमाणित भइ सकेको छ । ऋण स्वीकृत गरेको ब्यक्तिको रकम आफैँ निकालेर अपचलन गरेको घटनाले समेत यस बैंकप्रति पछिल्लो समय ग्राहकले विश्वास गुमाउँदै गएका छन् । 

    खराब कर्जामा चुर्लुम्मै डुब्यो एनआईसी एसिया बैंक :  नाफामा उच्च गिरावट खराब कर्जामा चुर्लुम्मै डुब्यो एनआईसी एसिया बैंक : नाफामा उच्च गिरावट

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend