२०८३, आश्विन १९ गते

images
  • अर्थतन्त्र
  • नयाँ लघुवित्तलाई लाइसेन्स दिने तयारीमा राष्ट्र...

नयाँ लघुवित्तलाई लाइसेन्स दिने तयारीमा राष्ट्र बैंक

नयाँ लघुवित्तलाई लाइसेन्स दिने तयारीमा राष्ट्र बैंक

सीएनएन खबर
शुक्रवार, आषाढ २१ २०८१०२:३९
सीएनएन खबर
शुक्रवार, आषाढ २१ २०८१०२:३९
  • images

    काठमाडौँ । सबैको लघुवित्त वित्तीय संस्था र साधना लघुवित्त वित्तीय संस्था मर्ज भएर सम्पदा लघुवित्त वित्तीय संस्था बन्ने भएको छ । दुवै संस्था मर्जरपश्चात् सम्पदा लघुवित्तको नामबाट एकीकृत कारोबार गर्नेछन् । 

    नेपाल राष्ट्र बैंकले दुवै लघुवित्तलाई ‘घ’ वर्गको राष्ट्रियस्तरको लघुवित्त वित्तीय संस्थाको मान्यता दिने तयारी गरेको हो । लघुवित्तको चुक्ता पुँजी ७० करोड रुपैयाँ पुग्नेछ । हाल साधना लघुवित्तको चुक्ता पुँजी ३८ करोड २२ लाख रुपैयाँ र सबैको लघुवित्तको चुक्ता पुँजी ३१ करोड ८६ लाख रुपैयाँ रहेको छ । 

    मर्जरपश्चात् लघुवित्तको सञ्चालक समितिको अध्यक्षमा कृष्ण बहादुर थापा र प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा केशब कुमार पौडेल नियुक्त हुनेछन् । 

    साधना लघुवित्त र सबैको लघुवित्तबीच वि.सं २०८० भदौमा एक आपसमा गाभ्ने गाभिने (मर्जर) सम्बन्धी प्रारम्भिक सम्झौता भएको थियो । साथै गत बैशाख १२ गते दुवैबीच मर्जरमा जाने अन्तिम सम्झौता भएर राष्ट्र बैंकको स्वीकृतिका लागि पेस गरिएको थियो । 

    तर, राष्ट्र बैंकले गत जेठ २९ गते अन्तिम स्वीकृति दिँदै साधना लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार गर्न भनेको थियो । आफ्नो नाम र अस्तित्व समाप्त भएपछि सबैको लघुवित्तका कर्मचारी असन्तुष्ट थिए । साथै साधना लघुवित्तका कर्मचारीहरूले ‘साधना टू बी कन्टिन्यूड’ भनेर उत्सव मनाउन थालेपछि सबैको लघुवित्तका कर्मचारीहरूले विरोध जनाउँदै आन्दोलन गरेका थिए । 

    त्यसपछि पुनः सम्पदा लघुवित्तको नाम राख्ने प्रस्ताव गर्दै राष्ट्र बैंकमा पठाइएको छ । राष्ट्र बैंकले स्वीकृति दिएपश्चात् एकीकृत कारोबार गर्ने लघुवित्तको भनाइ छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend