२०८३, आश्विन १९ गते

images
  • समाचार
  • नयाँ नेतृत्वका लागि पत्रकार महासंघको मतदान...

नयाँ नेतृत्वका लागि पत्रकार महासंघको मतदान हुँदै

नयाँ नेतृत्वका लागि पत्रकार महासंघको मतदान हुँदै

शुक्रवार, मंसिर २८ २०८१०८:१५
शुक्रवार, मंसिर २८ २०८१०८:१५
  • images

    काठमाडौं । नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वका लागि आज मतदान हुँदैछ । निर्वाचनले केन्द्रीय समिति, प्रदेश समिति र जिल्ला शाखाको नेतृत्व चयन गर्नेछ । देशभर बिहान १० बजेदेखि ४ बजेसम्म मतदान हुनेछ ।

    केन्द्रीय समितिको अध्यक्षका लागि ४ जनाको उम्मेदवारी परेको छ । अध्यक्षका लागि देवीप्रसाद सापकोटा, निर्मला शर्मा, रमेश विष्ट र लालसिंह लामाले उम्मेदवारी दिएका छन् । वरिष्ठ उपाध्यक्ष पदका लागि गोविन्दप्रसाद चौलागाईं, दीपक आचार्य र रोसन पुरीले उम्मेदवारी दिएका छन् ।

    त्यस्तै उपाध्यक्ष महिलामा गंगा पौडेल र नितु पण्डितको उम्मेदवारी परेको छ । समावेशी उपाध्यक्षमा उमिदप्रसाद बागचन्द, मोहनकुमार सिंह र सुभाषप्रसाद साह चुनावी मैदानमा छन् ।

    त्यस्तै महासचिवमा जन्मदेव जैशी, प्रकाश थापा, रामप्रसाद दाहाल र लेखनाथ न्यौपानेले उम्मेदवारी दिएका छन् । यसपटकको निर्वाचनमा केन्द्रीय समितिका लागि ३ वटा मतपत्र रहेको निर्वाचन समितिका संयोजक प्रा. चिरन्जीवी खनालले जानकारी दिए ।

    मतदाताले आफ्नो परिचय खुल्ने म्याद भएको महासंघद्वारा जारी परिचयपत्र वा सूचना तथा प्रशारण विभागद्वारा जारी परिचयपत्र वा नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा नेपाल सरकारद्वारा जारी गरिएको परिचय खुल्ने तस्बिरसहितको परिचयपत्र लिएर आउन निर्वाचन समितिले आग्रह गरेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend