२०८३, आश्विन १९ गते

images
  • समाचार
  • पत्रकार महासंघ निर्वाचनः अध्यक्षमा शर्माको जित...

पत्रकार महासंघ निर्वाचनः अध्यक्षमा शर्माको जित सुनिश्चित

पत्रकार महासंघ निर्वाचनः अध्यक्षमा शर्माको जित सुनिश्चित

आइतवार, मंसिर ३० २०८१११:५७
आइतवार, मंसिर ३० २०८१११:५७
  • images

    काठमाडौं । नेपाल पत्रकार महासंघको शुक्रबार सम्पन्न निर्वाचनबाट अध्यक्षमा निर्मला शर्मा विजयी हुने निश्चित भएको छ।  शर्माको जितसँगै महासंघको इतिहासमा पहिलो पटक महिला नेतृत्व हुने भएको छ ।

    केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्यमा अधिकांश शर्मा नेतृत्वको प्यानलका उम्मेदवार निर्वाचित हुने निश्चित भएको छ । कोषाध्यक्षमा भने रामकृष्ण अधिकारीले जित नजिक छन् । रमेश विष्ट प्यानलका उनी प्रेस सेन्टरनिकट  पत्रकार हुन् ।

    महासंघको नयाँ कार्यसमिति चुन्न शुक्रबार मतदान भएको थियो । आइतबार बिहानसम्म मतगणना लगभग सकिएको छ । 

    अनौपचारिक रुपमा संकलन गरिएको मतमा शर्मा एक हजारभन्दा बढी मतान्तरले विजयी हुने निश्चित भएको छ ।तर मत परिणाम सार्वजनिक हुन भने बाँकी छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend