२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • त्रिवि जग्गा छानबिन समितिको प्रतिवेदन तत्काल...

त्रिवि जग्गा छानबिन समितिको प्रतिवेदन तत्काल सार्वजनिक गर्नुपर्छः सुमना श्रेष्ठ

त्रिवि जग्गा छानबिन समितिको प्रतिवेदन तत्काल सार्वजनिक गर्नुपर्छः सुमना श्रेष्ठ

बुधवार, पौष ३ २०८११२:४४
बुधवार, पौष ३ २०८११२:४४
  • images

    काठमाडौँ । प्रतिनिधि सभा सदस्य सुमना श्रेष्ठले त्रिवि जग्गा छानबिन समितिको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेकी छिन् । प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बुधबारको बैठकमा उच्चस्तरीय समितिको उक्त प्रतिवेदन सार्वजनिक गर्नुपर्नेमा उनले जोड दिएकी हुन् ।

    समिति सदस्य तथा पूर्व शिक्षा मन्त्री सुमना श्रेष्ठले कुलपतिको हैसियतमा रहेका प्रधानमन्त्रीलाई समेत समितिमा निम्त्याएर छलफल गर्नुपर्ने माग राखिन ।  ‘अशोक राइज्यू शिक्षामन्त्री हुँदा हालका मन्त्रीज्यू र म नै सांसद थियौँ। हामीले त्यतिबेलै उच्च शिक्षाबारे छलफल गर्न कुलपतिज्यूलाई बोलाउँ भनेका थियौँ। अहिले त्रिविको जग्गा छानबिन समितिको प्रतिवेदनबारे छलफल गर्न पनि कुलपतिज्यूलाई निम्त्याउनुपर्छ,’उनले भनिन । 

    त्रिविको दर्जनौँ रोपनी जग्गा विश्वविद्यालयकै पूर्व पदाधिकारी र केही राजनीतिक व्यक्तिहरूको संःग्नातामा हिनामिना गरिएको गुनासो आएपछि गत जेठ १७ गते नेपाल सरकारले तत्कालिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठको प्रस्तावमा पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा पाँच सदस्यीय उच्चस्तरीय समिति गठन गरिएको थियो। त्रिविको जग्गामा कतै नीजि घर बनाइएको त कतै नीजि स्कुल र पेट्रोल पम्प चलाइरहेको समाचार आउने गरेका थिए।                                                  

    त्रिभुवन विश्वविद्यालयको जग्गा छानबिन गर्न नेपाल सरकारले बनाएको उच्चस्तरीय समितिले प्रतिवेदन सरकारलाई बुझाइसकेको छ। तर, प्रधानमन्त्रीले प्रतिवेदन सार्वजनिक गर्नु र कार्यान्वयन गर्नुको साटो फेरि अर्को समिति बनाउने कुरा गरेर अल्झाएको आरोप लाग्ने गरेको छ।

    ‘यो उच्चस्तरीय समितिको प्रतिवेदन सार्वजनिक नगर्ने तर अर्को समिति बनाउने कुरा किन ?आफ्नै दलको कार्यकर्तालाई छानबिनको जिम्मा दिन हो ?’ श्रेष्ठले प्रश्न गरिन। यही समितिको प्रतिवेदन कार्यान्वयनमा पनि लैजानुपर्छ र तत्काल सार्वजनिक पनि गर्नुपर्छ भन्नेमा सांसद श्रेष्ठको जोड थियो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend