२०८३, आश्विन १९ गते

images
  • समाचार
  • खुला गायन प्रतियोगिता आयोजना गर्दै टाइमलाइन...

खुला गायन प्रतियोगिता आयोजना गर्दै टाइमलाइन स्कुल, ३० विद्यालयले सहभागिता जनाउने

खुला गायन प्रतियोगिता आयोजना गर्दै टाइमलाइन स्कुल, ३० विद्यालयले सहभागिता जनाउने

सीएनएन खबर
बिहिवार, पौष ४ २०८१०३:०२
सीएनएन खबर
बिहिवार, पौष ४ २०८१०३:०२
  • images

    काठमाडौँ । टाइमलाइन स्कुलले स्व. गणेशप्राद रिजालको स्मृतिमा गायन प्रतियोगिता तथा स्रष्टा सम्मान कार्यक्रम आयोजना गर्ने भएको छ । 

    विद्यालयल यही पुस ५ गते गोकर्णेश्वर नगरपालिका ५ स्थित विद्यालय परिसरमा उक्त कार्यक्रम आयोजना गर्न लागेको हो । प्रत्येक वर्ष आयोजना हुने गायत प्रतियोगितामा यस वर्ष विभिन्न ३०  वटा विद्यालयको सहभागीता रहनेछ । 

    उक्त प्रतियोगितामा प्रथम हुने समूहले ८ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । यस्तै, द्धितिय हुनेले नगद ६ हजार, तृतीय हुनेले ४ हजार र चौथोदेखि दशौँसम्म हुनेले २ हजार नगदका साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाउने विद्यालयले जनाएको छ । 

    गायनसँगै विद्यालयले सङ्गीततर्फ समेत पुरस्कारको घोषणा गरेको छ । जसअनुसार पहिलो हुनेले २ हजार ५ सय, दोस्रो हुनेले २ हजार र तेस्रो हुनेले १ हजार ५ सय रुपैयाँका साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ । 

    गीतकारतर्फ क्रमश पहिलो, दोस्रो र तेस्रो हुनेले २ हजार ५ सय, २ हजार र एक हजार ५ सय रुपैयाँका साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् ।

    timeline.jpeg

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend