२०८३, आश्विन १९ गते

images

किसान र जाल्पा सामुदायिक लघुवित्तको एकीकृत कारोबार बिहीबारदेखि

किसान र जाल्पा सामुदायिक लघुवित्तको एकीकृत कारोबार बिहीबारदेखि

सीएनएन खबर
आइतवार, आषाढ २३ २०८११२:५५
सीएनएन खबर
आइतवार, आषाढ २३ २०८११२:५५
  • images

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले किसान र जाल्पा सामुदायिक लघुवित्तको एकीकृत कारोबारदेखि गर्नेगरी स्वीकृति दिएको छ । 

    राष्ट्र बैंकले आइतबार एक सूचना जारी गर्दै किसान लघुवित्त र जाल्पा सामुदायिक लघुवित्त मर्ज भई बनेको मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडलाई असार २७ गते एकीकृत कारोबारको अनुमति दिईएको जनाएको हो । 
      
    ‘किसान लघुवित्त वित्तीय संस्था र जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिई मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेड कायम भएको छ । असार २७ गते बिहीबारका दिनदेखि मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट सञ्चालन हुने भएकोले बैंक तथा वित्तीय संस्था एक आपसमा गाम्ने÷गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली, २०७३ को विनिमय ११ को उपविनिमय (७) बमोजिम सर्वसाधारणको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ’, राष्ट्र बैंकले जारी गरेको सूचनामा भनिएको छ । 
    दुई कम्पनीले गत चैत १८ गते मर्जरका लागि अन्तिम सम्भौतापत्रमा हस्ताक्षर गरेका थिए । बुटवलमा रजिष्टर्ड कार्यालय रहेको जाल्पाको हाल चुक्ता पुँजी १८ करोड २८ लाख रुपैयाँ रहेको छ । 

    यस्तै, कैलालीको लम्बीचुहामा रजिष्टर्ड कार्यालय रहेको किसान लघुवित्तको चुक्ता पुँजी ४७ करोड १३ लाख ७० हजार रुपैयाँ छ । 

    मर्जरपछि कम्पनीको केन्द्रीय कार्यालय कैलालीको लम्बीचुहामा ४ मा रहनेछ । 

    nrb.jfif
    undefined

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend