२०८३, आश्विन १९ गते

images
  • स्थानीय
  • मेयर उपमेयर विवादः कटहरिया नगरपालिकामा पुनः...

मेयर उपमेयर विवादः कटहरिया नगरपालिकामा पुनः तालाबन्दी

मेयर उपमेयर विवादः कटहरिया नगरपालिकामा पुनः तालाबन्दी

बुधवार, पौष १० २०८१०९:४३
बुधवार, पौष १० २०८१०९:४३
  • images

    काठमाडौँ । मेयर उपमेयरको विवादका कारण कटहरिया नगरपालिकामा पुनः तालाबन्दी भएको छ । घर घरमा रजिस्टर घुमाएर हस्ताक्षर गराई भएको निर्णय बदर हुनुपर्ने माग गर्दै मंगलबार उपमेयर रिता देवी यादवको नेतृत्वमा पुनः तालाबन्दी भएको हो । 

    उपमेयरसहित पालिकामा पुगेका जनप्रतिनिधिहरूले मङ्गलवार मेयर, प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षसँगै योजना शाखा र लेखा शाखामा तालाबन्दी गरेका छन् । मेयर अजयप्रकाश जैसवाल र प्रमुख प्रशासकीय अधिकृत रामजी जोशी मिलेर नगरको करोडौं रुपैयाँ अनियमितता गर्ने दाउमा रहेको भन्दै उनीहरूले तालाबन्दी गरेका छन् ।

    मेयर जैसवालको निर्देशनमा गत मङ्सिर २० गते नगर कार्यपालिका बोर्डको बैठक बसेको थियो । बैठकमा नगरपालिकामा करारको कर्मचारी भर्ना र इलाका प्रहरी कार्यालय कटहरियाको लागि आएको प्रस्तावमा सहमति हुन सकेको थिएन । बैठकमा केही वडा अध्यक्ष सहित केही कार्यपालिका सदस्यहरूले उपस्थितिमा हस्ताक्षर गरेका थिए । तर सहमति नभएपछि मेयर जैसवालकै निर्देशनमा हिजो अर्थात पुस ८ गते पुनः बैठकको लागि मौखिक सूचना गर्दै उक्त बैठक स्थगित भएको उपमेयर रिता देवी यादवले बताइन । 

    उक्त सूचना अनुसार पुस ८ गते मेयर र अधिकृत नगरपालिकामा आएनन् फोन गर्दा बाहिर छु भनेर जवाफ आएको उनले बताइन् । मेयर जैसवाल र अधिकृत जोशी आज पनि नगरपालिकामा अनुपस्थित रहेका छन् । 

    कटहरिया नगरपालिकाको ९ वटै वडामा झन्डै ५० जना कर्मचारी करारमा खटिरहेका थिए । उक्त करारका कर्मचारीहरूले २० महिनासम्मको तलब पाएका छैनन् । तर मेयर जैसवाल उनीहरूलाई तलब ख्वाउनुको सट्टा केही दिन अघि बिना सरसल्लाह एकैपटक सबैलाई बर्खास्त गरी ठुलो अन्याय गरेको जनप्रतिनिधिहरूले गुनासो गरेका छन् । 

    यसअघि मेयर उपमेयर विवादका कारण उक्त पालिकामा विभिन्न समयमा तालाबन्दी हुँदै आएको छ । मेयरले उपमेयर र उपमेयरलाई देखाउँदै विवाद गर्दा पालिकामा हुनेपर्ने विकाश निर्माणदेखि कर्मचारीले समयमा तलब समेत खान पाएका छैनन् । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend