२०८३, आश्विन १९ गते

images
  • स्थानीय
  • बेसीशहर नगरपालिकाले गर्याे जेष्ठ नागरिक र...

बेसीशहर नगरपालिकाले गर्याे जेष्ठ नागरिक र हेरचाहकर्तालाई सम्मान

बेसीशहर नगरपालिकाले गर्याे जेष्ठ नागरिक र हेरचाहकर्तालाई सम्मान

सीएनएन खबर
शुक्रवार, पौष १२ २०८११२:१९
सीएनएन खबर
शुक्रवार, पौष १२ २०८११२:१९
  • images

    काठमाडौँ । बेसीशहर नगरपालिकाले नगर क्षेत्रभित्रका जेष्ठ नागरिक र हेरचाहर्तालाई सम्मान गरेको छ । जेष्ठ नागरिक दिवस २०८१ को अवसरमा बिहीवार आयोजित एक कार्यक्रमका बीच जेष्ठ नागरिक र हेरचाहकर्तालाई सम्मान गरिएको हो ।

    बेसीशहर नगरपालिकाको सभाहलमा आयोजित एक कार्यक्रममा ५० जना जेष्ठ नागरिक हेरचाहकर्ता र ९५ वर्ष उमेरमाथिका १८ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको नगरपालिकाले जनाएको छ । 

    नगरपालिकाले जेष्ठ नागरिक र हेरचाहकर्तालाई जनही नगद पाँच हजार रुपैयाँ र प्रशंसा पत्रसहित सम्मान गरेको जनाएको छ । नगरपालिकाले ११ वटै वडाका जेष्ठ नागरिक र हेरचाहकर्ता छनौट गरी सम्मान गरेको हो । बिहीवार आयोजित कार्यक्रममा नगर प्रमुख गुमानसिंह अर्याल, उपप्रमुख पद्मा गुरुङ र प्रमुख प्रशासकीय अधिकृत चेतनाथ अर्यालले संयुक्त रुपमा हेरचाहकर्तालाई सम्मान गरे । ९५ वर्ष उमेर पुगेको १८ जना जेष्ठ नागरिकहरुलाई भने नगरपालिकाले घरघरमै पुगेर सम्मान गर्नेछ ।

    बिहीवार बेसीशहर ७ निवासी तिलकबहादुर पौडेलसहित दुई जनालाई घरमै पुगेर सम्मान गरिएको र अन्य जेष्ठ नागरिकलाई वडामार्फत घरघरमै पुगेर सम्मान गर्ने कार्यक्रम रहेको नगरपालिकाले जनाएको छ । सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै बेसीशहर नगरपालिका प्रमुख गुमानसिंह अर्यालले जेष्ठ नागरिकहरुले घर, समाज र परिवारलाई दिएको योगदानको उच्च कदर गर्नुपर्ने बताए । 

    हिजो बुवाआमाले निर्वाह गरेको भूमिका आज छोराछोरीले निर्वाह गर्नुपर्ने र जेष्ठ नागरिकलाई सम्मानका साथ बाँच्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए । जेष्ठ नागरिकले घर र समाजप्रति दिएको योगदानको चर्चा जति गरे पनि कम हुने बताउँदै जेष्ठ नागरिकहरु प्रेरणाको स्रोत रहेको बताए । जेष्ठ नागरिकहरुसीत भएको ज्ञान सीप र अनुभव लिएर अगाडि बढ्न आवश्यक रहेको उनले बताए ।

    प्रमुख प्रशासकीय अधिकृत चेतनाथ अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा नगरपालिका उपप्रमुख पद्मा गुरुङले स्वागतसहित कार्यक्रमको उद्धेश्यमाथि प्रकाश पारे । कार्यक्रम अधिकृत मेघेन्द्र पोख्रेलले जेष्ठ नागरिक दिवस, जेष्ठ नागरिक हक अधिकार र नगरपालिकाले निर्माण गरेको जेष्ठ नागरिक नीतिका विषयमा जानकारी गराएका थिए । 

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend