२०८३, आश्विन २० गते

images

जग्गा पास र लेनदेन सिफारिसका लागि घुस लिने वडाध्यक्षलाई कैद

जग्गा पास र लेनदेन सिफारिसका लागि घुस लिने वडाध्यक्षलाई कैद

शुक्रवार, पौष १२ २०८१०४:१६
शुक्रवार, पौष १२ २०८१०४:१६
  • images

    काठमाडौं । झापाको बुद्धशान्ति गाउँपालिका- २ का अध्यक्ष डिल्लीप्रसाद ओली भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । बिहीबार विशेष अदालतले उनलाई घुस लिएको भन्दै सजाय सुनाएको हो । 

    विशेषका अध्यक्ष टेकनारायण शर्मा तथा सदस्यहरू तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले यस्तो फैसला गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसै वर्ष १२ कात्तिकमा ओलीउपर मुद्दा चलाएको थियो । 

    आयोगको इटहरीस्थित कार्यालयबाट गएको टोलीले ओलीलाई ८० हजार घुससहित नियन्त्रणमा लिएको थियो । उनले जग्गा पास गर्नेसम्बन्धी वडा कार्यालयमा भएको सहमति निर्णय कार्यान्वयनका लागि उक्त घुस लिएको अनुसन्धानले देखाएको थियो । 

    उनलाई विशेषले चार महिना कैद हुने सजाय सुनाएको छ भने घुसबापतको रकम उनले जरिवाना तिर्नुपर्ने फैसला भएको छ । यसैगरी अपराध पीडित संरक्षण ऐनअनुसार क्षतिपूर्ति शुल्कबापत ३२ सय रुपैयाँ भराउनुपर्नेछ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend