काठमाडौँ । चौधरी ग्रुुपले नथिङ ब्रान्ड नेपाली बजारमा भित्र्याएको छ । सीजी मोबाइलले सोमबार एक कार्यक्रमको आयोजना गर्दै औपचारिक रुपमा बेलायती ब्रान्ड नथिङका सीएमएफका ३ वटा प्रोडक्ट नेपाल भित्र्याएको हो ।
नथिङ टेक्नोलोजीका फोन, स्मार्ट वाच र एयर बड्स सार्वजनिक गरेको छ । नथिङको नेपालका ब्रान्ड एम्बस्डर प्रदीप खड्का छन् । खड्काले भविष्यको मोबाइल ब्रान्ड नथिङ हुने बताए ।
नथिङले एयर बड्स, स्मार्ट वाच लगायतका प्रोडक्ट ल्याएको छ । जुन १० मिनेट चार्ज गर्दा १० घण्टा प्रयोग गर्न सकिन्छ । स्मार्ट वाच ग्राहकले आफूअनुकूल कस्टोमाइज गर्न सक्छन् ।
चौधरी ग्रुुपका निर्देशक निर्वाण चौधरीले १० वर्षअघि मोबाइल व्यापार सुरू गरेको बताए । उनले नथिङ ब्रान्डले ग्राहकलाई नयाँ अनुभव दिने भएकाले नेपालमा सार्वजनिक गरिएको बताए । भारतमा ४५ मिनेटमा ४५ हजार मोबाइल बिक्री भएको उनको भनाइ छ ।
नेपालमा सीजी डिजिटल र दराजबाट नयाँ प्रोडक्ट खरिद गर्न सकिनेछ । सीजी डिजिटलले अनलाइनबाट खरिद गर्दा एक हजार छुट रहेको जनाएको छ । दराजबाट ५०० छुट र भौचर पाउन सकिन्छ ।
सीएमएफ १ को ८ जीबी ¥याम १२८ रोमको मूल्य ३६ हजार ९९९ रुपैयाँ र २५० रोम भएको मोबाइलको मूल्य ४१ हजार ४९९ रुपैयाँ छ ।
सीएमएफ २ को मोबाइलको ८÷१२८ को ४५ हजार ९९९ रुपैयाँ र १२÷ २५० जीबीको ५२ हजार ९९९ रुपैयाँ तोकिएको छ ।

