२०८३, आश्विन १९ गते

images
  • अर्थतन्त्र
  • सूर्यज्योति लाइफ इन्स्योरेन्सको डुम्रे शाखा बन्द...

सूर्यज्योति लाइफ इन्स्योरेन्सको डुम्रे शाखा बन्द हुँदै

सूर्यज्योति लाइफ इन्स्योरेन्सको डुम्रे शाखा बन्द हुँदै

बिहिवार, पौष १८ २०८११०:२०
बिहिवार, पौष १८ २०८११०:२०
  • images

    काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले थप एक शाखा कार्यालय बन्द गर्ने निर्णय गरेको छ। कम्पनीले तनहुँमा रहेको डुम्रे शाखा कार्यालय बन्द गर्ने निर्णय गरेको हो।

    कम्पनीले तनहुँ जिल्लाको बन्दीपुर नगरपालिका वडा नम्बर १ स्थित डुम्रे शाखा कार्यालय सोही जिल्लाको ब्यास नगरपालिका वडा नम्बर २ स्थित दमौली शाखा कार्यालयसँग गाभ्न लागेको हो। कम्पनीले पुस २५ गते बिहीबारदेखि लागू हुने गरी गाभिने जानकारी दिएको छ।

    यो निर्णयबाट डुम्रे शाखा कार्यालय बन्द हुने भएको छ। यससँगै डुम्रे शाखाबाट बीमा गरेका बीमित, अभिकर्ता र अन्य आम ग्राहकहरू बीमा सेवा लिनका लागि दमौली शाखा कार्यालयसम्म धाउन बाध्य हुने भएका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend