२०८३, श्रावण २५ गते

images
  • अर्थतन्त्र
  • राष्ट्र बैंकले व्यवस्थापन सम्हालेपछि कर्णाली बैंकले...

राष्ट्र बैंकले व्यवस्थापन सम्हालेपछि कर्णाली बैंकले दिन थाल्यो भुक्तानी, कसले कति पाउँछन् ?

राष्ट्र बैंकले व्यवस्थापन सम्हालेपछि कर्णाली बैंकले दिन थाल्यो भुक्तानी, कसले कति पाउँछन् ?

images
बिहिवार, पौष १८ २०८१११:३७
बिहिवार, पौष १८ २०८१११:३७
  • काठमाडौँ । समस्याग्रस्त घोषणा भएको कर्णाली विकास बैंकले निक्षेप रकम फिर्ता गर्न थालेको छ । नेपाल राष्ट्र बैंकले नियन्त्रणमा लिएसँगै बैंकले बिरामी, वृद्ध र बालबालिकालाई प्राथमिकतामा राखी प्रतिशाखा दैनिक ५० जनासम्मलाई रकम भुक्तानी गर्ने भएको हो ।

    नेपाल राष्ट्र बैंकको व्यवस्थापन समूहका संयोजक टिकाराम खतिवडाका अनुसार बैंकले बिहीबार बिरामी, वृद्धि र बालबालिकालाई औषधि प्रयोजनका लागि आवश्यक कागजात पेश गरेको आधारमा अधिकतम २५ हजार रुपैयाँका दरले निक्षेप भुक्तानी गर्ने भएको हो ।

    बैंकले विभिन्न १६ वटा शाखा कार्यालयबाट बिहान ११ बजेदेखि भुक्रानी सुरु भएको जनाएको छ । संस्थाको तरलताको अवस्थाका आधारमा निक्षेप रकम भुक्तानीमा बृद्धि हुदैँ जाने सूचनामा उल्लेख छ । 

    bhuktani-1061x1536.jpg

    प्रतिक्रिया
    भर्खरै
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend