काठमाडौँ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले धादिङको धुनिवेशीमा शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ । बैंकिङ्ग सेवा नपुगेका देशका विभिन्न स्थानमा बैंकिङ्ग सेवा विस्तार गर्दै आएको छ ।
बैंकले बागमति प्रदेश धादिङ जिल्ला धुनिवेशी नगरपालिका वडा नं। ९, टायलघर ९व्यावसायिक प्रतिनिधी सन्जीव खत्री० मा व्यावसायिक प्रतिनिधी मार्फत थप शाखा रहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको हो । उक्त शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसंगै बैंकको शाखारहित बैंकिङ्ग सेवा केन्द्रको संख्या ७३ पुगेको छ ।
शाखारहित बैकिङ्ग सेवा केन्द्रको स्थापना कार्यक्रममा बैंकका प्रतिनिधी, स्थानीय जन–प्रतिनिधि तथा स्थानिय बासिन्दाहरुको उपस्थिती रहेको उक्त कार्यक्रममा बैंकको केन्द्रिय कार्यालय, डिजिटल पेमेन्टस् बिभागका आर्यन सिग्देलले शाखारिहत बैकिङ्ग सेवा तथा सोको प्रयोगका बारेमा जानकारी गराएका थिए ।
बैंकले व्यावसायिक प्रतिनिधिलाई स्थानियस्तरमा शाखारहित बैंकिङ्ग सेवा उपलब्ध गराउने प्रयोजनको लागि आवश्यक विद्युतीय उपकरण उपलब्ध गराएको छ ।
हाल नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले २७५ वटा शाखा कार्यालय, ७३ वटा शाखारहित बैंकिङ्ग सेवा केन्द्र, ६५ वटा एक्सटेन्सन काउण्टर र २६५ वटा एटिएम मार्फत आफ्ना ग्राहकहरुलाई बैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।
साथै बैंकले भबिष्यमा औपचारिक बैंकिङ्ग सेवाबाट बन्चित देशका विभिन्न ग्रामीण भेगका ग्राहकवर्गकरुलाई लक्षित गरि आफ्ना सेवा केन्द्रहरु विस्तार गर्र्दैै जाने योजना रहेको समेत जानकारी गराएको छ ।

