२०८३, आश्विन २० गते

images
  • अर्थतन्त्र
  • पर्याप्त भिजिबिलिटी नहुँदा तराईका अधिकांश विमानस्थलमा...

पर्याप्त भिजिबिलिटी नहुँदा तराईका अधिकांश विमानस्थलमा उडान प्रभावित

पर्याप्त भिजिबिलिटी नहुँदा तराईका अधिकांश विमानस्थलमा उडान प्रभावित

आइतवार, पौष २१ २०८११०:५८
आइतवार, पौष २१ २०८११०:५८
  • images

    काठमाडौँ । आइतबार बिहानैदेखि लागेको हुुस्सुका कारण तराइँका अधिकाशं विमानस्थलमा उडान तथा अवतरण प्रभावित बनेको छ । 

    पर्याप्त भिजिबिलिटी नभएका कारण आइतबार बिहान तराईका अधिकांश विमानस्थलमा उडान हुन नसकेको हो । 

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार धनगढी, नेपालगञ्ज, भैरहवा, सिमरा, जनकपुर, विराटनगरलगायत विमानस्थलमा उडानरअवतरणका लागि पर्याप्त भिजिबिलिटी छैन । 

    विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार काठमाडौँ बाहिरका विमानस्थलमध्ये भद्रपुर, भरतपुर, पोखरा र सुर्खेतबाहेक अन्य विमानस्थलमा उडान हुनसकेको छैन।

    काठमाडौँ विमानस्थलमा भने आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान नियमित रूपमा सञ्चालन भइरहेको छ। आन्तरिकतर्फ काठमाडौँबाट सिधा उडान हुने कतिपय विमानस्थलमा उडान हुन नसकेको जनाइएको छ। तुम्लिङटार, विराटनगर, जनकपुर र नेपालगञ्जको भिजिबिलिटी सुधारोन्मुख रहेको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend