२०८३, आश्विन १९ गते

images

आगामी वर्षदेखि चस्मामा भ्याट र भन्सार नलाग्ने

आगामी वर्षदेखि चस्मामा भ्याट र भन्सार नलाग्ने

शुक्रवार, पौष २६ २०८१०२:१९
शुक्रवार, पौष २६ २०८१०२:१९
  • images

    काठमाडौं ।  स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आगामी वर्षदेखि चस्मामा भ्याट र भन्सार नलाग्ने व्यवस्था गर्ने बताएका छन्। शुक्रबार काठमाडौँमा नेपाल नेत्रज्योति संघको केन्द्रीय सभाको उद्घाटन गर्दै उनले चस्मा फेसन र आँखा उपचार गरी दुई किसिमबाट उपयोग हुने भएकाले उपचारसँग सम्बन्धित चस्माको भ्याट र भन्सार नलाग्ने व्यवस्था आगामी वर्षदेखि गर्ने बताएका हुन्।

    उपचारात्मक सन्दर्भमा बाहिरबाट आउने सहयोग र किनेर ल्याउने सामग्रीहरूको भन्सार छुट गर्ने व्यवस्था रहेको उनको भनाइ छ। आँखाको उपचारसम्बन्धी उपकरण थप गर्ने र भौतिक पूर्वाधार व्यवस्थित गर्ने सन्दर्भमा सबै मिलेर काम गर्नुपर्ने धारणा पनि उनले राखे।

    उनले भने, ‘चस्मा दुई प्रकारको हुन्छ। एउटा फेसनसँग जोडिएको पनि हुन्छ। अर्को आँखा उपचारसँग जोडिएको हुन्छ। उपचारसँग जोडिएको चस्मामा भ्याट र भन्सार नलाग्ने व्यवस्था हामीले आगामी वर्ष गर्नेछौँ। अरू पनि उपचारात्मक सन्दर्भमा जति पनि सामानहरू बाहरिबाट किनेर ल्याउँछौँ, सहयोगबाट पनि ल्याउँछौँ, त्यस्ता सामानमा भन्सार छुट गर्ने व्यवस्था छ।’

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend