२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • आइटीलाई विदेशी मुद्रा आर्जन गर्ने उद्योगमा...

आइटीलाई विदेशी मुद्रा आर्जन गर्ने उद्योगमा विकास गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

आइटीलाई विदेशी मुद्रा आर्जन गर्ने उद्योगमा विकास गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

शनिवार, पौष २७ २०८१०४:१३
शनिवार, पौष २७ २०८१०४:१३
  • images

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना प्रविधि (आइटी)लाई विदेशी मुद्रा आर्जन गर्ने उद्योगका रूपमा विकास गर्नेमा विश्वास व्यक्त गरेका छन् ।

    उनले सामाजिक सञ्जाल फेसबुकमार्फत नेपालमा आइटीको क्षेत्रमा काम गर्नेहरूका लागि केही कानुनी अप्ठ्यारा रहेको उल्लेख गर्दै शुक्रबारको मन्त्रिपरिषद्को बैठकले अध्यादेशमार्फत सम्बोधन गरेको बताएका छन् ।

    ‘हिजोको मन्त्रिपरिषद् बैठकले अध्यादेशमार्फत आइटीमा गरेको कमाइ स्वदेश भित्र्याउन सहज बनाउने कानुन राष्ट्रपतिसमक्ष सिफारिस गरिएको छ। यसले आइटीलाई विदेशी मुद्रा आर्जन गर्ने उद्योगका रूपमा विकास गर्ने हाम्रो विश्वास छ’, उनले भने ।

    प्रधानमन्त्री ओलीले अब नेपाली आइटी कम्पनीहरूले विदेशमा लगानी गर्न, विदेशमा शाखा कार्यालय खोलेर पैसा कमाउन र त्यसरी कमाएको पैसा कानुनी रूपमा भित्र्याउन पाउने भएको उनको भनाइ छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend