२०८३, आश्विन १९ गते

images

७१ जिल्लामा भूमि आयोगका अध्यक्ष नियुक्त

७१ जिल्लामा भूमि आयोगका अध्यक्ष नियुक्त

सोमवार, पौष २९ २०८१०७:०१
सोमवार, पौष २९ २०८१०७:०१
  • images

    काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले तीन वर्षभित्र भूमि समस्या स्थायीरूपमा समाधान हुने बताएका छन्। सोमबार काठमाडौंमा भूमि समस्या समाधान आयोगका जिल्ला अध्यक्षहरूको सपथ ग्रहण कार्यक्रममा मन्त्री अधिकारीले मन्त्रालयले भूमि क्षेत्रमा भएका महत्त्वपूर्ण कामहरूको जानकारी गराउँदै अहिले गठन भएको भूमि आयोग अन्तिम आयोग रहने उल्लेख गरे। आयोगको ३ वर्षे कार्यकालमा भूमि समस्या स्थायीरूपमा समाधान हुने उनले बताए। 

    मन्त्री अधिकारीले भूमि र सहकारी क्षेत्रको समस्या समाधान वर्तमान सरकारको उच्च प्राथमिकतामा रहेकाले अध्यादेशमार्फत भूमि ऐन र सहकारी नियमन प्राधिकरण गठन गरिएको उल्लेख गरे। संसदमार्फत ऐन ल्याउँदा लामो समय लाग्ने र समस्या समाधानमा विलम्ब हुने देखेर सरकारले फाष्ट्रयाकमार्फत ऐन ल्याएको स्पष्ट पारे। भूमि समस्या समाधान आयोगका जिल्ला अध्यक्षहरूलाई ३ वर्षभित्र सबै जिल्लामा देखिएका भूमि समस्या स्थायीरूपमा समाधान गर्ने गरी काम गर्न मन्त्री अधिकारीले निर्देशन दिए।

    कार्यक्रममा ७१ जिल्लाका भूमि समस्या समाधान आयोगका जिल्ला अध्यक्षहरूलाई मन्त्री अधिकारीले सपथ गराएका थिए। पहिलो चरणमा प्राविधिक कारणले सपथ हुन नसकेका ६ जिल्ला र ७७ वटै जिल्लाका भूमि समस्या समाधान आयोगका सदस्यहरूको सम्बन्धित प्रदेशमै सपथग्रहण कार्यक्रम आयोजना गरिने मन्त्रालयले जनाएको छ। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend