२०८३, आश्विन १९ गते

images
  • अर्थतन्त्र
  • हिमालयन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, कति...

हिमालयन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, कति छ नगद र बोनस सेयर ?

हिमालयन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, कति छ नगद र बोनस सेयर ?

आइतवार, माघ ६ २०८११०:३१
आइतवार, माघ ६ २०८११०:३१
  • images

    काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले आफ्ना सेयरधनीलाई १४ प्रतिशत लाभांश दिने भएको हो ।

    माघ ४ गते शुक्रबार बसेको संचालक समितिको बैठले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १४ प्रतिशतका दरले हुन आउने १ अर्ब १२ करोड २८ लाख ५३ हजार रुपैयाँ बराबरको बोनस सेयर दिने निर्णय गरेको छ ।

    बोनस सेयरमा लाग्ने कर बापतको रकम भने स्वयं सेयरधनीहरुले भुक्तानी गर्नुपर्नेछ । उक्त प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणमा स्वीकृतिका लागि पेश गर्नेछ । प्राधिकरणले स्वीकृति दिएपछि कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गर्नेछ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend