काठमाडौँ । लमजुङको मस्र्याङदी गाउँपालिकाले साढे ५२ करोड रुपैयाँ बराबरको बजेट पारीत गरेको छ । शुक्रबार बसेको पालिकाको १७ औँ गाउँसभाले आगामी आर्थिक वर्षका लागि ५२ करोड ४९ लाख ७४ हजार ९४३ रुपैयाँ बराबरको बजेट पारित गरेको हो ।
जसअनुसरा चालु खर्च तर्फ ७ करोड, ४० लाख ५० हजार, पुँजीगत तर्फ १८ करोड २३ लाख ४४ हजार, सशर्त अनुदान तर्फ २३ करोड ९२ लाख, प्रदेश र स्थानीय तह क्षमता विकास कार्यक्रम तर्फ ३ लाख ८० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
यस्तै, समपुरक कोष तर्फ २ करोड ५० लाख, प्रदेश विशेष अनुदान तर्फ ४० लाख रुपैयाँ गरी ५२ करोड ४९ लाख ७४ हजार ९४३ रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको हो ।

यस्तैगरी पालिकाले आम्दानी (आय) तर्फ आन्तरिक राजश्वमा १ करोड, राजश्प बाँडफाँडबाट प्राप्त रकम (केन्द्र सरकारबाट प्राप्त) मा १० करोड ६१ लाख रुपैयाँ, राजश्व बाँडफाँडबाट प्राप्त रकम (प्रदेश सरकारबाट प्राप्त) तर्फ १ करोड १२ लाख ७९ हजार रुपैयाँ, अघिल्लो आर्थिक वर्षको नगद मौज्दात १ करोड ५५ लाख रुपैयाँ आम्दानीको अनुमान गरेको छ ।
नेपाल सरकारबाट प्राप्त समानीकरण अनुदान तर्फ ८ करोड ४८ लाख रुपैयाँ, प्रदेश सरकारबाट प्राप्त समानीकरण अनुदानको १ करोड ४ लाख १५ हजार, पर्वतारोहा रोयल्टीबाट ६ लाख, जलविद्युत रोयल्टीबाट ३ करोड, वन रोयल्टी बाट २ लाख, प्रदेश विशेष अनुदान मार्फत ४० लाख, संघ परपुरक अनुदान मार्फत ६५ लाख रुपैयाँ बराबर आम्दानी हुने अनुमान गरिएको छ ।
त्यसैगरी, आगामी आर्थिक वषमा सामाजिक सुरक्षा भत्ताका लागि गाउँपालिकाले १४ करोड रुपैयाँ बजेट अनुमान गरेको छ ।

