२०८३, आश्विन १९ गते

images
  • मनोरन्जन
  • लमजुङ सेवा समाज कतारले गर्‍यो दोहोरी...

लमजुङ सेवा समाज कतारले गर्‍यो दोहोरी गायक राजु परियारलाई सम्मान

लमजुङ सेवा समाज कतारले गर्‍यो दोहोरी गायक राजु परियारलाई सम्मान

सीएनएन खबर
आइतवार, आषाढ ३० २०८१०३:२५
सीएनएन खबर
आइतवार, आषाढ ३० २०८१०३:२५
  • images

    काठमाडौँ । लोक दोहोरी गायक एवं लोक स्वर सम्राट राजु परियारलाई कतारमा सम्मान गरिएको छ । लमजुङ सेवा समाज कतारले एक कार्यक्रमका विच परियारलाई सम्मान गरेको हो ।

    राष्ट्रिय लोक तथा दोहोरीगित प्रतिष्ठान कतार शाखाको सातौँ वार्षिकोत्सव तथा कलाकार राहत कोष स्थापनार्थ आयोजित कार्यक्रममा सहभागी हुन कतार पूगेका परियारलाई कतारमा रहेका लमजुङेहरुको संस्था लमजुङ सेवा समाज कतारले सम्मान गरेको हो ।

    लमजुङ जिल्लाको बेसीशहर नगरपालिका वडा नं २ चिसापानीमा जन्मिएर लोकगित संगितको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल भएको भन्दै परियारलाई सम्मान गरिएको लमजुङ सेवा समाज कतारका अध्यक्ष बिनोद प्रसाद बसौलाले बताए । कतारमा रहेका लमजुङेहरुको बाक्लो उपस्थितीमा दोसल्ला र सम्मानपत्रले परियारलाई सम्मान गरिएको अध्यक्ष बसौलाले बताए । 

    लोक गित संगितको क्षेत्रबाट लमजुङ जिल्लालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सफल भएको योगदानको उच्च मुल्याङ्कन गर्दै सम्मान गरिएको उनले बताए । 

    कतारको सनैया स्थित फुलबारी रेस्टुरेन्टको हलमा कार्यक्रमको आयोजना गरी लमजुङेहरुसँग भेटघाट गर्नुका साथै सम्मान गरिएको लमजुङ सेवा समाज कतारले जनाएको छ । 

    भेटघाट तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै संस्थाका प्रमुख सल्लाहकार सिताराम थापाले सुमधुर स्वरका धनी, कला र गलाले सम्पन्न एक शालिन र बहुआयामीक  बरिस्ठ गायकलाई प्रवासमा सम्मन गर्नै पाउँदा निकै खुसी लागेको बताए । 

    पछिल्लो समय भाइरल बन्ने र भ्युअरर्स बटुल्ने निहुँमा कलाकारहरुले सामाजिक सन्जाल तथा सार्वजनिक कार्यक्रमहरुमा अनेकौं उछृन्खल प्रस्तुतिहरु दिँदा गितसंगीत क्षेत्रकै बद्नाम भएको बताए । राजु परियार जसले भाइरल हुनका लागि, आँफु चर्चामा रहनका लागि कुनै पनि हर्कत नगरि आँफुलाई अब्बल गायको रुपमा स्थापित गरेको उनको भनाई छ । 

    लोक स्वर सम्राट राजु परियारले प्रवासमा रहँदा पनि ‘लमजुङ सेवा समाज कतार’ ले आफुलाई गाउँघरकै मायाँ सम्मान दिएको बताए । उनले आफु सन्सारको जुन सुकै कुनामा गए पनि आफ्नो जन्म भुमी लमजुङ र लमजुङको माटोलाइ कहिल्यै भुल्न नसक्ने बताए । 

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend