२०८३, आश्विन २० गते

images
  • अर्थतन्त्र
  • अर्बपति चौधरीलाई ठूलो धक्काः वाइवाइका योजनाकारले...

अर्बपति चौधरीलाई ठूलो धक्काः वाइवाइका योजनाकारले छोडे साथ, भित्रिए प्रतिस्पर्धी कम्पनीमा

अर्बपति चौधरीलाई ठूलो धक्काः वाइवाइका योजनाकारले छोडे साथ, भित्रिए प्रतिस्पर्धी कम्पनीमा

शुक्रवार, माघ ११ २०८१०३:२०
शुक्रवार, माघ ११ २०८१०३:२०
  • images

    काठमाडौँ । नेपालका एक मात्र अर्बपति विनोद चौधरीलाई ठूलो धक्का लागेको छ । सन् २००० देखि चौधरीको कम्पनी चौधरी ग्रुप अन्तर्गतको वाईवाईमा कार्यरत जीपी शाहले उनको साथ छोडेका छन् । 

    वाइवाइ चाउचाउको योजनाकारका रुपमा रहेका शाहले चौधरीको साथ छोड्दै मुख्य प्रतिस्पर्धी कम्पनीका रुपमा रहेको करेन्ट चाउचाउमा भित्रिएका हुन् ।

    सन् २००० देखि परियोजना तथा प्राविधिक प्रमुखका रुपमा भित्रिएका साह चौधरी ग्रुपमा ग्लोबल हेडका रुपमा रहेका थिए। साहकै नेतृत्वमा भारतमा वाइवाइले नयाँ प्लान्ट लगाएको थियो। त्यसैगरी सर्बिया, बंगलादेश, कजाकस्तानमा पनि उनकै पहलमा उत्पादन सुरु गरिएको थियो। 

    चौधरीको साथ छोडेसँगै यशोदा फुड्सले शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै शाह भित्रिएको खुलासा गरेको हो । 

    नेपालको खाद्य पदार्थ उत्पादक तथा अन्तर्राष्ट्रिय बजारमा पनि स्थापित हुँदै गएको कम्पनी यशोदा फुड्स प्रालिले आफ्ना नयाँ ग्लोबल कार्यकारी निर्देशकका रूपमा जीपी शाहलाई नियुक्त गरेको घोषणा गरेको छ ।

    शुक्रबार, काठमाडौंमा एक समारोहमा यशोदा फुड्सका अध्यक्ष चुन्नप्रसाद पौडेलले खादा र फूलको गुच्छासहित शाहलाई ग्लोबल कार्यकारी निर्देशक रुपमा सम्मान गर्दै स्वागत गरेका हुन् ।

    अन्तर्राष्ट्रिय बजारमा वार्षिक टर्नओभर एक सय करोडभन्दा माथि कारोबार रहेको यशोदा फुड्सले भारत, क्यानेडा, अमेरिका, बहराइन, कूबेत, यूएई, जापान, यूके, ईटाली, मलेसिया, अस्ट्रेलिया, कोरिया, भूटान, हङकङ, कतार, सिंगापोर, न्यूजिल्यानड लगायत १५ भन्दा बढी देशमा आफ्ना उत्पादन निर्यात गर्ने गरेको छ ।

    ग्लोबल कार्यकारी निर्देशकका रुपमा नियुक्त भएका शाह व्यवसायलाई नयाँ जीवन्तता प्रदान गर्ने, बजार बृद्धि, अन्तर्राष्ट्रिय बजार विस्तार, ब्राण्ड बिल्डिंग, व्यवसायको कार्यगत क्षमताको विस्तार तथा वृद्धि, संस्थागत विकास र टिम बिल्डिङका लागि परिचित छन् ।

    उनको अनुभव तथा विशेषज्ञता प्रडक्सन, ईञ्जिनियरिङ, प्रडक्ट डेभलपमेन्ट, अपरेशन्स, प्रोजेक्ट्स, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सेल्स, मार्केटिंग, अन्तर्राष्ट्रिय बजार बिस्तार र ३५ भन्दा बढी देशहरुमा मार्केटिङ तथा एडभरटाइजिङ लगायत रहेका छन् ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend