२०८३, आश्विन १९ गते

images

संसद्को हिउँदे अधिवेशनको समय तालिका तयार

संसद्को हिउँदे अधिवेशनको समय तालिका तयार

सोमवार, माघ १४ २०८१०२:३७
सोमवार, माघ १४ २०८१०२:३७
  • images

    काठमाडौं । संसद्को माघ १८ गतेदेखि सुरु हुन लागेको हिउँदे अधिवेशनको समय तालिका (क्यालेन्डर) तयार भएको छ। सोमबार सभामुख देवराज घिमिरेले प्रमुख ५ राष्ट्रिय दलका सचेतकहरुसँग सिंहदरबारमा राखेको छलफलमा माघ महिनाभरीको क्यालेन्डर बनाउन दलहरू तयार भएका हुन्। 

    त्यस्तै संसद्को पहिलो दिनको बैठकमा सबै दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए। उनका अनुसार सरकारले ल्याएका सबै अध्यादेशहरू १८ गतेको बैठकमै पेस हुनेछन्।

    अध्यादेश परिपक्व हुन केही दिन लाग्ने भएकाले २२ गते सबै ती अध्यादेशहरु निर्णयार्थ पेस हुनेछ। त्यस्तै २३ र २४ गते संसद् बैठक बस्नेछ। २५, २६ र २७ गते भने संसदीय समितिको बैठक बस्नेछन्। २८, २९, ३० गते संसद् बैठक बस्नेछ।

    यो बीचमा शून्य समय र विशेष समय पनि चलाउने बर्तौैलाले जानकारी दिए। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend