२०८३, आश्विन १९ गते

images
  • अर्थतन्त्र
  • लक्ष्मी सनराइज बैंकको नेतृत्वमा घुन्सा खोला...

लक्ष्मी सनराइज बैंकको नेतृत्वमा घुन्सा खोला जलविद्युत आयोजनामा १८ अर्ब लगानी

लक्ष्मी सनराइज बैंकको नेतृत्वमा घुन्सा खोला जलविद्युत आयोजनामा १८ अर्ब लगानी

सीएनएन खबर
सोमवार, माघ १४ २०८१०५:५८
सीएनएन खबर
सोमवार, माघ १४ २०८१०५:५८
  • images

    काठमाडौं । ताप्लेजुङको घुन्सा खोला जलविद्युत आयोजना ९७७.५ मेगावाट निर्माणका लागि लक्ष्मी सनराइज बैंकको नेतृत्वमा सहवित्तीयकरणको सम्झौता सम्पन्न भएको छ। कुल लागत १८ अर्ब १३ करोड रहेको यो आयोजनामा परियोजना लागतको ७०५ बैंक तथा वित्तीय संस्थाहरूले लगानी गर्नेछन् भने बाँकी ३०५ प्रवद्र्धकहरूको लगानी रहनेछ।

    लक्ष्मी सनराइज बैंकले ५ अर्ब, हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीले ३ अर्ब, नागरिक लगानी कोषले २ अर्ब, माछापुच्छ्रे बैंकले १ अर्ब ४४ करोड, र एभरेष्ट बैंकले १ अर्ब २५ करोड लगानी गर्नेछन्।

    आयोजनाले वार्षिक करिब ४६२.२८ गिगावाट घण्टा विद्युत उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोड्ने लक्ष्य लिएको छ। यो परियोजना डिसेम्बर २०३० सम्म सम्पन्न हुने अपेक्षा गरिएको छ, जसले नेपाल सरकारको जलविद्युत विकासका लक्ष्यहरूमा टेवा पुर्याउने विश्वास लिइएको छ।

    स्वपूँजी लगानी संस्थागततर्फ नेपाल विद्युत् प्राधिकरण २१ प्रतिशत, हाइड्रो इलेक्ट्रिसिटि इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड १५ प्रतिशत र विद्युत् उत्पादन कम्पनी लिमिटेडको १५ प्रतिशत गरी ५१ प्रतिशत छ । कम्पनीमा जम्मा पूँजीको ४९ प्रतिशत जनताको लगानी सुनिश्चित हुने गरी व्यवस्था गरिएको छ । 

    साधारण शेयरतर्फको ४९ प्रतिशतमध्ये २९ प्रतिशत बैदेशिक रोजगारमा गएका नेपाली नागरिकको लागि सुनिश्चित गरिएको छ । यस्तै, १० प्रतिशत आयोजना प्रभावित स्थानीयवासी र बाँकी १० प्रतिशत सर्वसाधारणका लागि छुट्याइएको छ । 

    आयोजना निर्माण सुरु भएको चार वर्षमा  सम्पन्न गर्ने लक्ष्य छ ।  आयोजनाको विद्युत्गृह तथा आवास गृहसम्मको बाटो तथा तमोर नदीका दुई स्थानमा बेली ब्रिज राख्ने काम सम्पन्न भएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend