२०८३, आश्विन १९ गते

images
  • अर्थतन्त्र
  • नेशनल लाइफ इन्स्योरेन्सको ‘लिडर्स नाइट’ कार्यक्रम...

नेशनल लाइफ इन्स्योरेन्सको ‘लिडर्स नाइट’ कार्यक्रम चितवनमा सम्पन्न

नेशनल लाइफ इन्स्योरेन्सको ‘लिडर्स नाइट’ कार्यक्रम चितवनमा सम्पन्न

सीएनएन खबर
सोमवार, माघ १४ २०८१०६:०४
सीएनएन खबर
सोमवार, माघ १४ २०८१०६:०४
  • images

    काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले २ रात ३ दिनको ‘लिडर्स नाइट विद भुषण दाहाल’ कार्यक्रम चितवन, सौराहास्थित होटल सेभेन स्टारमा सम्पन्न गरेको छ।

    २०८१ श्रावण महिनाको अभिकर्ता मासिक योजनाअन्तर्गत लक्ष्य पूरा गर्न सफल करिब २२५ जना अभिकर्ताहरूलाई गैंडाकोटस्थित मौलाकालिका मन्दिर दर्शन, दियालो बंगला संग्रहालय अवलोकन र वरिष्ठ पत्रकार भुषण दाहालसँग साक्षात्कार गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो।

    कार्यक्रममा बजार विभाग प्रमुख विवेक शर्मा, एजेन्सी विभाग प्रमुख सुशील प्रताप राणा, शाखा प्रमुखहरू, र देशभरबाट उत्कृष्ट व्यवसाय गरेका अभिकर्ताहरूको उपस्थिति थियो।

    प्रमुख अतिथि भुषण दाहालले सहभागि अभिकर्ताहरुलाई नेतृत्वसम्बन्धी विशेष प्रशिक्षण प्रदान गर्दै नेतृत्वकर्ताहरूमा साहस र उत्तरदायित्वको महत्वको चर्चा गरे। साथै, योजनामा छनोट भएका अभिकर्ताहरूलाई सम्मान पत्र प्रदान गरियो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend