२०८३, आश्विन १९ गते

images

वाणिज्य बैंकहरुले साउनमा घटाए ब्याजदर

वाणिज्य बैंकहरुले साउनमा घटाए ब्याजदर

सीएनएन खबर
सोमवार, आषाढ ३१ २०८११०:४५
सीएनएन खबर
सोमवार, आषाढ ३१ २०८११०:४५
  • images

    काठमाडौँ । वाणिज्य बैंकहरुले साउन महिनामा पनि ब्याजदर घटाएका छन् । ब्याजदर निर्धारण गर्ने भद्र सहमति खारेज भएसँगै उनीहरुले साउनमा पनि अनुकुल हुने गरि ब्याजदर घटाएका हुन् । तर साउन महिनाका लागि यस्तो ब्याजदर सामान्य अंकले घटेको छ ।

    सञ्चालनमा रहेका २० मध्ये तीन बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर बढाएका छन् भने १२ वटा ले घटाएका छन् । बाँकी ५ बैंकको ब्याजदर स्थिर छ । असारमा बैंकहरुले व्यक्तिगत मुद्दतीमा दिएको औसत ब्याजदर ६.९० प्रतिशत रहेकोमा साउनमा घटेर ६. ७३ प्रतिशतमा झरेको छ ।

    वाणिज्य बैंकमध्ये सानिमा, प्रभु, ग्लोबल आइएमई, एभरेष्ट, हिमालयन, नेपाल बैंक, राष्ट्रिय वाणिज्य, सानिमा र सिटिजन्स बैंकले ब्याजदर घटाएका छन् । लक्ष्मी सनराइज, नेपाल एसबीआई र स्ट्यान्डर्ड चार्टर्डले भने स्थिर राखेका छन् ।

    यसक्रममा प्रभु बैंकले पनि साउन महिनामा पनि ब्याजदर घटाएको छ । कम्पनीले मुद्दती निक्षेपतर्फ साउनमा नयाँ ब्याजदर ब्याजदर घटाएको हो । कम्पनीले सोमबार सार्वजनिक सूचना जारी गर्दै आगामी साउन महिनादेखि लागू  हुने गरि व्यक्तिगत र  संस्थागतपतर्फको ब्याजदर घटाएको बताएको छ ।  

    कम्पनीले मुद्दति निक्षेपमा संस्थागततर्फ ६ प्रतिशत र व्यक्तिगततर्फ ७ प्रतिशतसम्म ब्याज प्रदान गर्नेछ । कम्पनीले रेमिट्यान्स खातामा ८ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि असारमा कम्पनीले संस्थागततर्फ ६.५ प्रतिशत र ब्यक्तिगततर्फ ७.५ प्रतिशत ब्याज तोकेको थियो भने रेमिट्यान्समा ८.५० प्रतिशत थियो ।

    कम्पनीले व्यक्तिगत मुद्दतीतर्फ ३ महिनादेखि ५ महिना अवधिका लागि ५.५०० प्रतिशत,६ महिनादेखि १२ महिना अवधिका लागि ६ प्रतिशत,१२ महिनामाथि देखि ५ वर्ष अवधिका लागि ६.५०० प्रतिशत र ५ वर्षभन्दा माथिका लागि ७ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

    कम्पनीले संंस्थागत मुद्दती निक्षेपअन्तर्गत ६ महिनादेखि १२ वर्षसम्मका लागि ४.५०० प्रतिशत,१२ महिनामाथि देखि ५ वर्षसम्मका लागि ५ प्रतिशत र ५ वर्षभन्दा माथिको अवधकिा लागि ६ प्रतिशत ब्याजदर  निर्धारण गरेको छ ।  

    कम्पनीले प्रभु हाईब्रिड बचत खाता अन्तर्गत १२ महिनामाथि देखि ५ वर्षसम्मका लागि ६।५०० प्रतिशत र ५ वर्षभन्दा माथिको अवधकिा लागि ७ प्रतिशत ब्याजदर  निर्धारण गरेको छ ।  साथै कम्पनीले स्वर्णिम मुद्दती बचत खाताअन्तर्गत (व्यक्तिगतमा मात्र) ५ वर्षेअवधिका लागि ७ प्रतिशत ब्याजदर तोकेको छ ।  

    कम्पनीले कर्जाको ब्याजदरमा भने आधारदरमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम लिने भएको छ । त्यस्तै सिटिजन्स बैंक इन्टरनेशनलले पनि मुद्दति निक्षेपमा संस्थागततर्फ ५.५० प्रतिशत र व्यक्तिगततर्फ ६.७५ प्रतिशतसम्म ब्याज प्रदान गर्नेछ भने रेमिट्यान्स खातामा ७.७५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

    उता सानिमा बैंकले निक्षेप र कर्जा दुवैको ब्याजदर घटाएको  छ । कम्पनीले मुद्दति निक्षेपमा संस्थागततर्फ ५.१० प्रतिशत र व्यक्तिगततर्फ ६.४० प्रतिशतसम्म ब्याज प्रदान गर्नेछ । कम्पनीले रेमिट्यान्स खातामा ७.४० प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि असारमा कम्पनीले संस्थागततर्फ ५.८० प्रतिशत र ब्यक्तिगततर्फ ६.८० प्रतिशत ब्याज निर्धारण गरेको थियो भने रेमिट्यान्समा ७.८० प्रतिशत थियो ।

    ग्लोबल आइएमई बैंकले पनि ब्याजदरमा कटौति गरेको छ । कम्पनीले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.२५ प्रतिशत र संस्थागतर्फ ५.२५ प्रतिशत ब्याजदर दिने निर्णय गरेको छ । असार महिनामा कम्पनीले व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर क्रमशः६.५ र ५.५ प्रतिशत ब्याजदर दिएको थियो ।  

    लामो अवधिको व्यक्तिगत मुद्दती निक्षेपमा केही उच्च ब्याजदर र छोटा अवधिको मुद्दती निक्षेपमा ब्याजदर केही कम गर्ने नीति बैंकहरूको देखिन्छ । निक्षेपको ब्याजदर घट्दा आधार दर घटेर कर्जाको ब्याजदरमा ऋणीलाई राहत हुन्छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend