२०८३, आश्विन १९ गते

images

घट्यो डलरको मूल्य

घट्यो डलरको मूल्य

बुधवार, माघ २३ २०८१०८:५७
बुधवार, माघ २३ २०८१०८:५७
  • images

    काठमाडौं । अमेरिकी डलरको मूल्य बुधबार घटेको छ। माघ २२ गते हालसम्मकै उच्च विन्दुमा पुगेको डलरको भाउ आज भने घटेको हो ।

    नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रूपैयाँ ०२ पैसा र बिक्रीदर १३९ रूपैयाँ ६२ पैसा कायम भएको छ। हिजो मंगलबार डलरको बिक्रीदर १३९ रुपैयाँ ८० पैसा पुगेको थियो भने खरिददर १३९ रुपैयाँ २० पैसा पुगेको थियो।

    आज युरोपियन युरो एकको खरिददर १४३ रूपैयाँ ५२ पैसा र बिक्रीदर १४४ रूपैयाँ १४ पैसा तोकिएको छ। अघिल्लो दिनको तुलनामा यूरोको मूल्यमा वृद्धि भएको हो। युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७२ रूपैयाँ ६० पैसा र बिक्रीदर १७३ रूपैयाँ ३५ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५२ रूपैयाँ ९५ पैसा र बिक्रीदर १५३ रूपैयाँ ६१ पैसा कायम गरिएको छ।

    अष्ट्रेलियन डलर एकको खरिददर ८६ रूपैयाँ ३२ पैसा र बिक्रीदर ८६ रूपैयाँ ७० पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रूपैयाँ ३६ पैसा र बिक्रीदर ९६ रूपैयाँ ७८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०२ रूपैयाँ ४९ पैसा र बिक्रीदर १०२ रूपैयाँ ९३ पैसा छ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend