२०८३, आश्विन १९ गते

images

रोजगारी सिर्जना गर्दै ‘सहकारी’

रोजगारी सिर्जना गर्दै ‘सहकारी’

सीएनएन खबर
बुधवार, माघ २३ २०८११२:४५
सीएनएन खबर
बुधवार, माघ २३ २०८११२:४५
  • images

    काठमाडौं ।  तुलसीपुरस्थित ‘हाम्रो पहुँच’ बहुउद्देश्यीय सहकारी संस्थाले एक सय बढीलाई रोजगारी प्रदान गरेको छ । चार हजार सात सय शेयर सदस्य रहेको सहकारीले एक सय सात जनालाई प्रत्यक्ष रोजगारी प्रदान गरेको हो ।

    संस्थाका अध्यक्ष शुक्रराज भण्डारीले एक सय सात जनाले रोजगारी पाउनुका साथै एक हजार दुई सय उद्यमशीलतामा जोडिएका जानकारी दिए । उनका अनुसार सहकारीले बचत तथा ऋणसहित विद्यालय, पेट्रोलपम्प, डेरी उद्योगसहित विभिन्न छ वटा व्यवसाय सञ्चालन गर्दै आएको छ । 

    विसं २०६४ मा स्थापनि भएको उक्त सहकारीले तुलसीपुर उपमहानगरपालिकाका सबै वडाहरूमा सेवा प्रदान गरिरहेको छ । हाल सहकारीको वार्षिक कारोबार ६० करोड रुपैया रहेको अध्यक्ष भण्डारीले जानकारी दिए । उनका अनुसार आर्थिक वर्ष २०८०÷८१ मा मात्रै रु एक करोड २८ लाख दुई हजार आठ सय ६५ खुद बचत छ ।  

    पछिल्लो समय सहकारी सम्बन्धमा नकारात्मक विषय बढी आउने गरेका भन्दै अध्यक्ष भण्डारीले सकारात्मक र उदाहरणीय काम गरिरहेका सहकारीलाई स्थानीय सरकारले संरक्षण र प्रवद्र्धन गर्न योजनाबद्ध काम गर्नुपर्नेमा जोड दिए । चालु आर्थिक वर्षमा आठ सय नयाँ सदस्य थप्ने लक्ष्य रहेको उल्लेख गर्दै हाल तुलसीपुर उपमहानगरमा मात्रै कार्य क्षेत्र रहेकामा आगामी दिनमा जिल्लाभर विस्तार गर्ने योजना रहेको उनले बताए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend