२०८३, आश्विन १९ गते

images
  • अर्थतन्त्र
  • नेपाल माइक्रो इन्स्योरेन्स र मुक्तिनाथ विकास...

नेपाल माइक्रो इन्स्योरेन्स र मुक्तिनाथ विकास बैंकबीच व्यावसायिक सहकार्यसम्बन्धी सम्झौता

नेपाल माइक्रो इन्स्योरेन्स र मुक्तिनाथ विकास बैंकबीच व्यावसायिक सहकार्यसम्बन्धी सम्झौता

सीएनएन खबर
बुधवार, माघ २३ २०८१०५:१६
सीएनएन खबर
बुधवार, माघ २३ २०८१०५:१६
  • images

    काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स र मुक्तिनाथ विकास बैंकबीच बीमा व्यवसाय सहकार्यसम्बन्धी सम्झौता भएको छ। उक्त समझदारीपत्रमा विकास बैंकका नायब प्रमुख कार्यकारी अधिकृत समीर शेखर बज्राचार्य र इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत मृगेन्द्र रिमालले हस्ताक्षर गरेका छन्। यस सहकार्यले निर्जीवन लघु बीमा सेवाहरू विस्तार गर्दै व्यक्तिहरू तथा साना व्यवसायलाई अप्रत्याशित जोखिमबाट जोगाउने लक्ष्य राखेको छ। साथै, लघु बीमाको अनुभव र बैंकको पहुँचलाई समाहित गरी सीमान्तकृत समुदायलाई सशक्त बनाउने उद्देश्य लिइएको छ।

    सम्झौता कार्यक्रममा डीसीईओ बज्राचार्यले उक्त साझेदारी व्यवसायका लागि मात्र नभई नवीन कार्य र प्रभावका लागि भएको बताए। उनले कम आय भएका व्यक्तिहरूको वित्तीय चुनौती समाधान गर्न ग्राहक केन्द्रित उत्पादन विकास गर्ने प्रतिबद्धता जनाए। सीईओ रिमालले सहकार्यबाट नवीन उत्पादन विकास, संयुक्त बजारीकरण पहल प्रवर्द्धन, र सेवा प्रवाहलाई सरल बनाउन खोजिएको उल्लेख गरे। कार्यक्रममा इन्स्योरेन्सका डीसीईओ अनिल राज गिरी, प्रमुख विकास अधिकृत मनोजकुमार चौधरी, र बैंकका ट्रान्जेक्सन हेड राजेन्द्र पाण्डेको पनि उपस्थिति रहेको थियो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend