काठमाडौँ । के तपाइँ विद्युतीय गाडी किन्दै हुनुहुन्छ । हुनुहुन्छ भने एनएमबी बैंकले विद्युतीय गाडी किन्ने ग्राहकलाई लक्षित गर्दै सस्तो ब्याजदरमा ऋण दिने भएको छ ।
बैंकले विद्युतीय सवारीसाधन किन्ने ग्राहकलाई लक्षित गर्दै ७ वर्षे अबधिमात्र ८.९९ प्रतिशत निश्चित ब्याजदरमा उपलब्ध गराउनेछ ।
नेपालमा विद्युतीय सवारी साधनको प्रयोगलाई प्रवर्द्धन गर्ने र दिगो भविष्यलाई समर्थन गर्ने उद्देश्यका साथ बैंकले विद्युतीय गाडी सेग्मेन्टमा कम ब्याजदरमै कर्जा उपलब्ध गराएको हो ।
‘ग्राहकहरूले अब सजिलै आफ्नो विद्युतीय सवारी साधन फाइनान्स गरी दिगो भविष्यतर्फ योगदान दिन सक्नेछन्’, बैंकले भनेको छ, ‘लचिलो भुक्तानी विकल्पहरू र द्रुत स्वीकृति प्रक्रियाहरूसहित, ग्राहकहरूले सजिलै एनएमबि सुलभ अटो लोन लिन सक्नुहुनेछ ।’
एनएमबी बैंकले हाल देशभर २०१ शाखाहरु, १८७ एटीएमहरु र ११ एक्सटेन्सन काउन्टरहरुमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।


