काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ३१औँ वार्षिक साधारण सभा फागुन १५ गते गर्ने भएको छ। कम्पनीको सञ्चालक समितिको माघ २३ गते बसेको बैठकले उक्त सभा काठमाडौंमा बिहान १०स्३० बजे बोलाउने निर्णय गरेको हो।
सभामा हाल कायम २ अर्ब ८० करोड ६५ लाख ४९ हजार रुपैयाँ चुक्ता पुँजीको आधारमा ३० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ। यसअनुसार, सेयरधनीहरूलाई करसहित ८४ करोड १९ लाख ६४ हजार रुपैयाँ वितरण गरिनेछ। साथै, सञ्चालक नियुक्तिको अनुमोदन, लेखापरीक्षक नियुक्ति तथा नियमावली संशोधनको लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्तावहरू पनि सभामा पेस गरिनेछन्।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले फागुन २ गते बुकक्लोज गर्ने निर्णय गरेको छ। त्यसैले, फागुन १ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० मा कारोबार भई कायम रहेका सेयरधनीहरूले सभामा सहभागिता जनाई लाभांश प्राप्त गर्न सक्नेछन्।

