काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८१र८२ को दोस्रो त्रैमासमा ८।७३ प्रतिशतले खुद नाफा बढाएर ३७ करोड ६२ लाख ८२ हजार रुपैयाँ आर्जन गरेको छ। गत वर्षको सोही अवधिमा कम्पनीको नाफा ३४ करोड ६० लाख ६२ हजार रुपैयाँ थियो।
पुस मसान्तसम्म कम्पनीको खुद बीमाशुल्क आर्जन २।१३ प्रतिशतले बढेर ८ अर्ब ६ करोड ९ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा यो रकम ७ अर्ब ८९ करोड २५ लाख रुपैयाँ थियो।
यस अवधिमा कम्पनीको खुद दाबी भुक्तानी ९ अर्ब ८९ करोड ३२ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको ९ अर्ब २० करोड ३८ लाख रुपैयाँको तुलनामा बढेको हो।
कम्पनीले १ अर्ब २१ करोड ४८ लाख रुपैयाँ कुल आम्दानी गर्दा ११ अर्ब ३३ करोड २९ लाख रुपैयाँ कुल खर्च गरेको छ। अघिल्लो वर्ष सोही अवधिमा कुल आम्दानी १० अर्ब ९७ करोड ९४ लाख रुपैयाँ र कुल खर्च १० अर्ब ६३ करोड ३४ लाख रुपैयाँ थियो।
जीवन बीमा कोषमा उल्लेखनीय वृद्धि भएको छ। समीक्षाधीन अवधिमा कोष २०।७७ प्रतिशतले बढेर ७० अर्ब ४० करोड २१ लाख रुपैयाँ पुगेको छ। गत वर्षको यही अवधिमा कोषको आकार ५८ अर्ब २९ करोड ६२ लाख रुपैयाँ थियो।
हाल कम्पनीको चुक्ता पुँजी ८ अर्ब २ करोड ३ लाख रुपैयाँ रहेको छ। महाविपत्ति कोषमा ४६ करोड ९ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा २ अर्ब १३ करोड ३२ लाख रुपैयाँ छ भने अन्य इक्विटी १७ करोड ८ लाख रुपैयाँले ऋणात्मक देखिएको छ।
प्रतिसेयर आम्दानी ९भ्एक्० ८।६३ रुपैयाँबाट बढेर ९।३८ रुपैयाँ पुगेको छ। मूल्य(आम्दानी अनुपात ९एरभ् च्बतष्य० ४८।१७ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १३०।२१ रुपैयाँ कायम भएको छ।

