२०८३, आश्विन १९ गते

images

नेपाल एयरलाइन्सले तिर्याे जहाज खरिदको ४३ करोड बढी ऋण

नेपाल एयरलाइन्सले तिर्याे जहाज खरिदको ४३ करोड बढी ऋण

सीएनएन खबर
बुधवार, श्रावण २ २०८१११:५०
सीएनएन खबर
बुधवार, श्रावण २ २०८१११:५०
  • images

    काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई ४३ करोड ९ लाख बढी ऋण भुक्तानी गरिएको जनाएको छ । निगमले बुधबार एक विज्ञप्ती जारी गर्दै दुई कम्पनीलाई जहाज खरिद गर्दा लिएको ऋणको साँवा र ब्याज बापत उक्त रकम भुक्तानी गरिएको जनाएको हो । 

    निगमले अन्तर्राष्ट्रिय उडानको लागि खरिद गरेका दुई न्यारोबडि र दुई वाइडबडि जहाजको लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट ऋण लिएको थियो । उक्त ऋण बापत दुई न्यारोबडि जहाजको २०८१ आषाढ महिनाको किस्ताबापत पुरा र वाइडबडि जहाजकोे आंशिक रकम गरी कुल ४३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ भुक्तानी गरिएको जनाएको हो । 

    निगमको व्यवस्थापन वर्तमान नेतृत्वले सम्हाले पश्चात निगमले २०८१ आषाढ सम्मको अवधिमा  ५ अर्ब ७९ करोड ७६ लाख ४२ हजार २४९ रुपैयाँ किस्ता रकम भुक्तानी गरिसकिएको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए । 

    निगमले विश्वव्यापी कोरोना भाइरसको कारण निगमको व्यापारमा समेत प्रतिकुल असर परेको भन्दै सो असर रहेको अवधिको व्याजको व्याज, हर्जाना र पेनल छुट गरीदिनु कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई आग्रह गर्दै आएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend