२०८३, आश्विन २० गते

images
  • अर्थतन्त्र
  • ठूला खरिद प्रक्रियामा भएको भ्रष्टाचारप्रति राष्ट्रपति...

ठूला खरिद प्रक्रियामा भएको भ्रष्टाचारप्रति राष्ट्रपति पौडेलको चिन्ता

ठूला खरिद प्रक्रियामा भएको भ्रष्टाचारप्रति राष्ट्रपति पौडेलको चिन्ता

सोमवार, माघ २८ २०८११२:३१
सोमवार, माघ २८ २०८११२:३१
  • images

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भ्रष्टाचार सम्बन्धी उजुरी र मुद्दाहरु लामो समयदेखि किनारा नलागेकोमा चिन्ता जनाएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४ औं वार्षिकोत्सव कार्यक्रमा बोल्दै राष्ट्रपति पौडेलले भ्रष्टाचार सम्बन्धी उजुरी र मुद्दा लामो समयदेखि किनारा नलागेको गुनासो आइरहेको भन्दै त्यसलाई छिटो टुंगोमा पु¥याउन आग्रह गरे । ठूला खरिद प्रक्रियामा भएको भ्रष्टाचारप्रति चिन्ता व्यक्त गर्दै राष्ट्रपति पौडेलले भ्रष्टाचार मुक्त समाज निर्माण गर्न सरकारको ध्यानाकर्षण गराए ।

    ‘सुशासन, सामाजिक न्याय र समृद्धिको अवधारणालाई मूर्तरूप दिन सबै प्रकारका भ्रष्टाचारलाई छानबिनको दायरामा ल्याउनुपर्छ’, उनले भने । राष्ट्रपति पौडेलले शक्ति र पद हुँदैमा जोकोही पनि कानुन र जबाफदेहिताबाट मुक्त हुँदैन भन्ने अख्तियारले आम नागरिकमा विश्वास जागृत गराउन सक्नुपर्नेमा जोड दिए।

    उनले नागरिकको जीवनस्तरमा गुणात्मक सुधार गरी जनताको विकास र सुशासन प्रतिको उच्च आकांक्षालाई पूरा गर्दै देशको हित कल्याण र अन्तर्राष्ट्रिय छविको लागि सदाचार र निष्पक्ष सुधारका प्रयासलाई प्रभावकारी बनाएर अनुशासन र सदाचार प्रणालीको विकास गर्नु आजको आवश्यकता रहेको बताए ।

    ‘कसैको दबाबमा प्रभावमा नपरी कसुर र कसुरदार ठुलो वा सानो नगरी काम गर्न आयोग चुक्ने छैन भन्ने पनि मैले विश्वास लिएको छु’, राष्ट्रपतिले भने, ‘पारदर्शी जिम्मेवार र भ्रष्टाचार मुक्त राज्य संयन्त्रको निकायका रूपमा आगामी दिनमा आयोगले अझै प्रभावकारी ढंगले काम गर्ने नै छ भन्ने विश्वास छ ।’

    कार्यक्रममा राष्ट्रपति पौडेलले उत्कृष्ट अनुसन्धानकर्ताको रूपमा आयोगका उपसचिव विष्णुराज बेल्बासे र प्रहरी नायब उपरीक्षक कमल कुमार खड्कालाई सम्मानित गरे । यसैगरी नापी अधिकृत रुबिना शाही उत्कृष्ट अख्तियार सेवा पुरस्कारबाट सम्मानित भइन् । कार्यक्रममा राष्ट्रपति पौडेलले विभिन्न पत्रकार एवं लेखकहरूलाई पनि कदरपत्रसहित सम्मान गरे ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend