२०८३, आश्विन १९ गते

images

८३ प्रतिशत नेपालीले चलाउँछन् फेसबुक, सरकारले बन्द गर्न सक्ला ?

८३ प्रतिशत नेपालीले चलाउँछन् फेसबुक, सरकारले बन्द गर्न सक्ला ?

सीएनएन खबर
मंगलवार, माघ २९ २०८१११:००
सीएनएन खबर
मंगलवार, माघ २९ २०८१११:००
  • images

    काठमाडौँ । सरकारले नेपालमा दर्ताबीनै सञ्चालित सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने भएको छ । 

    सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालमा फेसबुक दर्ताका लागि नआए बन्द गरिने बताएका हुन् । मंगलबार नेपाल टेलिकमको वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा उनले दर्ता नभएका सामाजिक सञ्जाल माथि सरकारले नियमन गर्ने बताए । 

    उनले भने अनुसार सरकारले अब नेपालमा दर्ता बीनै सञ्चालित फेसबुक, इन्स्टाग्राम, ह्वासएप लगायतका सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउनेछ । 

    ‘सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका’, कार्यान्वयनमा ल्याएको एक वर्ष वितिसकेको छ । उक्त निर्देशिका अनुसार सामाजिक सञ्जाललाई सरकारले नेपालमा सम्पर्क कार्यालय र सम्पर्क ब्यक्ति तोक्न पटक÷पटक आग्रह समेत गर्दै आएको छ । सरकारी आग्रहलाई वेवास्ता गरेको भन्दै प्रतिबन्धको तयारीमा रहेको सरकारकै मन्त्रीले बताएका हुन् । 

    मन्त्री गुरुङले भने जसरी सरकारले फेसबुक (मेटा) माथि प्रतिबन्ध लगाउन त्यति सहज नभएको सूचना प्रविधि क्षेत्रमा जानकारहरु बताउँछन् । 

    मन्त्रालयकै तथ्यांक अनुसार नेपालमा रहेका प्रयोगकर्तामध्ये ८३ प्रतिशत हिस्सा मेटा (फेसबुक, म्यासेन्जर, इन्स्टाग्राम, ह्वाट्सएप र रिल) को रहेको छ । ८३ प्रतिशत प्रयोगकर्ता रहेको कम्पनीमाथि प्रतिबन्ध लगाउन भनिएजस्तो सहज नभएको उनीहरुको भनाई छ । 

    मन्त्रालयका प्रवक्ता गजेन्द्रा ढाकुर मेटा माथि प्रतिबन्ध लगाउन त्यति सहज नभएको स्वीकार गर्छन् । ‘नेपालीले चलाउने सामाजिक सञ्जालमध्ये मेटाको हिस्सा ८३ प्रतिशत छ । बाँकी १३ प्रतिशत हिस्सामा ३ प्रतिशतजति टिकटकको छ । ३ प्रतिशत हिस्सा रहेको कम्पनी नेपालमा दर्ता भैसक्यो, बाँकी रहेका कम्पनीहरुलाई हामीले पटक पटक आग्रह गर्दै आएका छौँ, तर दर्ताका लागि चासो देखाएका छैनन्’, उनले भने । 

    उनले धेरै नेपालीले चलाउने सञ्जालमाथि प्रतिबन्ध लगाउँदा गुनासो थेग्नै सरकारलाई समस्या आउनसक्ने बताए । ‘हामीलाई उपभोक्तासँगै सेवा प्रदायक कम्पनीको पनि दबाब आउनसक्छ । हामीले अहिले फेसबुक बन्द गरिदियौँ भने नेपाल टेलिकम, एनसेल लगायत इन्टरनेट सेवा प्रदायक कम्पनीको व्यवसायमा नै जोखिम उत्पन्न हुन्छ, उनीहरुलाई जोखिम पर्नु भनेको सरकारको राजश्वमा पनि हस आउनु हो’, उनले भने । 

    सरकारले उक्त निर्देशिका कार्यान्वयनमा ल्याएसँगै मेटाले नेपालमा दर्ताका लागि अस्वीकार गर्दै आएको छ । सञ्चार मन्त्रालयको ताकेतालाई वेवास्ता गर्दै आएको कम्पनीले अहिलेसम्म आधिकारीक रुपमा केही बोलेको छैन् । तर जानकारहरु मेटाले सरकारलाई प्रतिबन्ध लगाउने भए लगाएर देखाउन चुनौती भने  दिएको छ । 

    विभागीय मन्त्रालयको पटक पटकको पत्राचारलाई वेवास्ता गरेर अहिलेसम्म एउटा मेलको समेत रिप्लाइ नदिनुले मेटाले सरकारलाई चेतावनी दिएको हुनसक्ने मन्त्रालयका अधिकारीहरु बताउँछन् । 

    मन्त्रालयका एक उच्च तहका कर्मचारीका अनुसार ठूलो हिस्सा नेपालीले मेटा प्रयोग गर्ने भएका कारण नेपालले प्रतिबन्ध लगाउन नसक्ने भन्दै मेटाले दर्ताका लागि वेवास्ता गर्दै आएको हो । 

    सुरुवाती चरणमा अनौपचारिक रुपमा दर्ता गर्दैनौँ प्रतिबन्ध लगाउनुस भनेको मेटाले केही महिना अघि दर्ताका लागि भने चासो देखाएको पाइएको छ । 

    मेटाको राजश्व हेर्ने प्रतिनिधि मन्त्रालयमै आएर सूचीकरणमा चारो देखाएको मन्त्रालयका प्रवक्ता ठाकुर बताउँछन् । 

    ‘हामीले पत्र पठाउँदा वेवास्ता गर्दै आएको मेटाका अधिकारी नै मन्त्रालय आएपछि दर्ता हुन्छ कि भन्ने हाम्रो अनुमान हो’, उनले भने, ‘हामीलाई भेट्न आउनुभएको प्रतिनिधिले सूचीकरणमा चासो देखाउनु भएको थियो । उहाँले सूचीकरणका लागि आवश्यक कागजपत्र समेत लैजानु भएका कारण दर्ता हुन्छ भन्ने हाम्रो अनुमान हो ।’

    यसअघि मेटाको भारतमा रहेका प्रतिनिधिबाट नेपाल हेर्ने गरेकोमा पछिल्लो समय कोरियामा रहेका प्रतिनिधिले नेपाल हेर्न गरेको उनले बताए । 

    उनले कोरियाबाटै नेपाल आएर भेट गरेपछि सूचीकरण हुने र त्यसका लागि आवश्यक सम्पूर्ण कागजपत्र मिलाउन समय लागेको हुनसक्ने आफूले अनुमान गरेको बताए । 

    दर्ताका लागि चासो देखाएको लामो समय हुँदा समेत मेटाले केही खबर नगरेपछि मन्त्रालयले एक साता अघि सार्वजनिक सूचना प्रकाशन गर्दै दर्ताका लागि आह्वान गरेको थियो । 

    नेपालमा सबैभन्दा धेरै प्रयोगकर्ता रहेको फेसबुक, म्यासेन्जर तथा इनस्टाग्राम, ह्वाट्सएप, थ्रेड लगायतका कम्पनीलाई सूचीकरण हुन नेपालले पटक पटक पत्राचार गर्दै आएको पाइएको छ । सामाजिक सञ्जालको प्रयोग सम्बन्धी निर्देशिका कार्यान्वयनमा आएपछि मन्त्रालयले पत्राचार गर्दै आएतापनि ती कम्पनीबाट कुनै जवाफ नआएको मन्त्रालयले जनाएको छ ।

    दर्ता नगरे सामाजिक सञ्जाल चल्‍न दिँदैनौ : मन्त्री गुरुङ दर्ता नगरे सामाजिक सञ्जाल चल्‍न दिँदैनौ : मन्त्री गुरुङ

     

     

    नेपालमा दर्ता भएन फेसबुक, सञ्चार मन्त्रालयले भन्योः दर्ता नभए प्रतिबन्ध लाग्छ नेपालमा दर्ता भएन फेसबुक, सञ्चार मन्त्रालयले भन्योः दर्ता नभए प्रतिबन्ध लाग्छ 

     

    नेपालमा दर्ता भए भाइबर र टिकटक, फेसबुकले के गर्ला ? नेपालमा दर्ता भए भाइबर र टिकटक, फेसबुकले के गर्ला ?

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend