२०८३, आश्विन १९ गते

images

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको साढे ८ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, प्रतिकित्ता १ सय रुपैयाँ

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको साढे ८ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, प्रतिकित्ता १ सय रुपैयाँ

सीएनएन खबर
बिहिवार, फाल्गुण १ २०८१०४:१८
सीएनएन खबर
बिहिवार, फाल्गुण १ २०८१०४:१८
  • images

    काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले आफ्नो संस्थापक समूहको ८ लाख ५० हजार कित्ता सेयर बिक्रीमा राखेको छ। बैंकले प्रतिकित्ता १ सय रुपैयाँको दरमा सेयर बिक्री खुला गरेको हो।आज फागुन १ गतेदेखि खुला गरिएको यो सेयरमा सर्वसाधारण लगानीकर्ताले पनि आवेदन दिन सक्नेछन्। इच्छुक लगानीकर्ताले फागुन ९ गतेभित्र आवेदन दिनुपर्ने छ।


    सेयर खरिद गर्न न्यूनतम १ लाख २५ हजार कित्ता र अधिकतम सम्पूर्ण ८ लाख ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।यो सेयर बिक्रीको व्यवस्थापन मुक्तिनाथ क्यापिटलले गर्नेछ।लगानीकर्ताहरूले समयमै आवेदन दिई अवसरको फाइदा लिन सक्नेछन्।थप जानकारीका लागि मुक्तिनाथ क्यापिटलमा सम्पर्क गर्न सकिनेछ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend