२०८३, आश्विन १९ गते

images
  • मनोरन्जन
  • अभिनेता सुनील शेट्टी जसले पहिलो फिल्म...

अभिनेता सुनील शेट्टी जसले पहिलो फिल्म रिलिज अघि नै ४० वटा फिल्ममा साइन गरे

अभिनेता सुनील शेट्टी जसले पहिलो फिल्म रिलिज अघि नै ४० वटा फिल्ममा साइन गरे

बुधवार, आषाढ ५ २०८११०:४२
बुधवार, आषाढ ५ २०८११०:४२
  • images

    काठमाडौं । बलिउड अभिनेता सुनील शेट्टी बलिउडको उत्कृष्ट एक्सन हिरोमा पर्छन् । उनले सन् ९० को दशकको सुरुवातमा फिल्म ‘बलवान’बाट आफ्नो करियर सुरु गरेका थिए । हालैमात्र एक अन्तरवार्तामा सुनीलले पहिलो फिल्म रिलिज हुनुअघि आफूले ४० फिल्म साइन गरेको खुलासा गरेका छन् ।

    भारतीय सिंह र हर्ष लिंबाचियाको पोडकास्टमा सुनीलले यो कुराको खुलासा गरेका हुन् । ‘११ या १२ वर्षको उमेरमा म मार्सल आर्ट गर्थें । मैले ब्रुस लीलाई देखेर मार्सल आर्ट गर्नुपर्छ भन्ने सोचें । मलाई जसरी पनि ब्रुस ली बन्नु थियो, किनकी म त्यसमा उपर्युक्त थिएँ । मलाई कसैले सहयोग गरेको खण्डमा म हरेक काम दुई दिनमै सिक्थें । १६ वर्षको उमेरमा दुई वर्ष मार्सल आर्ट सिकेर मलाई सिनियर बनाइदिए । अनि मैले इण्डो–टिबेटियन बोर्डर पुलिस र महाराष्ट्र पुलिसलाई सेन्सेई परवेज मिस्त्रीको अधिनमा रहेर तालिम दिन्थें’, सुनीलले भनेका छन् ।

    उनले अगाडि भनेका छन्, ‘एकपटक लामो समयपछि महाराष्ट्र पुलिसको डेमोमा राजीव राय(निर्देशक)ले मलाई देखे । शब्बीर मेरो साथी थियो । राजीवले शब्बीरलाई ‘यो केटा को हो, राम्रो एक्सन गर्छ’, भनेर सोधेछन् । त्यो बेला भिडियोको समय थियो, फिल्महरु चलेका थिएनन् । उनलाई मास फिल्म चाहिएको थियो । एक्सन मासको थियो, त्यहीकारण मैले मौका पाएँ । राजीवले मलाई आफ्नो बनिरहेको फिल्ममा हिरो बिरामी भएकाले ऊ ठीक भएपछि काम गर्ने सहमति भयो ।’

    सुनीलले कैयौं फिल्मको अफर पाए, तर सबै फिल्महरु सुटिङ नभई रोकिन्थे । ‘जेपी दत्ताले मेरो फोटो बाहिर ल्याएका थिए । उनले मेरो ठूलो–ठूलो पोस्टर बनाएका थिए, कैयौं निर्देशकले मलाई देखे । प्रहलाद(कक्कड)जीले मलाई साइन गरे । प्रहलादजीको फिल्म ‘आरजू’ दीपक शिवदसानीका साथ सुरु गरें । म दीपक, राज बब्बर, शत्रु(शत्रुघ्न सिन्हा)जीको अभिनय रहेको यो फिल्म ९९ प्रतिशत सुटिङ भइसकेको थियो । तर केही समस्या भएर यो फिल्म रोकियो । त्यो मेरा लागि अभिनय कक्षा नै थियो, किनकी म कहिल्यै अभिनय एकेडेमी गइनँ’, उनले भनेका छन् ।

    उनले अगाडि भनेका छन्, ‘फेरी प्रहलादजीले ‘एक और फौलाद’ घोषणा गरे । यो फिल्मका निर्देशकको फिल्म हिट भएकाले उसले आफूले ठूलो हिरो पाएको बताए । अनि नयाँ हिरोसँग काम नगर्ने भनेपछि त्यो फिल्म पनि बन्द भयो । त्यसपछि ‘वक्त हमारा है’ र ‘बलवान’ आयो । त्यहाँबाट मेरो यात्रा सुरु भयो । आफूलाई असफल त ठान्दिनँ, तर धेरै निराशा देखें । तर मानसिक रुपमा म बलियो थिएँ, किनकी म एथलेट थिएँ । हार्न जान्दथें । कहिले हार्ने र कहिले जित्ने थाहा थियो ।’

    सुनीलका अनुसार ‘बलवान’ रिलिज अघि उनका ४० प्रोजेक्ट थिए । ‘तर जब बलवानको रिपोर्ट बाहिर आयो र एक्सनको रिपोर्ट निस्कियो, मैले त पहिलो फिल्म रिलिज अघि नै ४० फिल्म साइन गरिसकेको थिएँ । हामी एकै वर्षमा २५ देखि ३० फिल्म सुट गथ्र्यौं । एकै दिनमा तीनवटा फिल्मको सुटिङ भ्याउँथें । पेन्ट त्यही, तीनवटा अलग टीसर्टका साथ । फिल्मिस्तानमा सेट नम्बर १, २, ३ तीनवटै मेरो सेट थियो,’ उनले भनेका छन् ।

    सुनीलका पिता वीरपा रेष्टुरेन्टका मालिक थिए । उनको पिताको यात्रा निकै संघर्षपूर्ण थियो । सुनील तीन सन्तानमध्ये कान्छा थिए । उनको पिता ९ वर्षको उमेरमा घरबाट भागेका थिए । एक होटल मालिकले उनलाई पालेको काम दिए । त्यसपछि विस्तारै उनी रेष्टुरेन्ट व्यवसायी बने । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend