२०८३, आश्विन १९ गते

images

कसले रोक्यो मौद्रिक नीति ?

कसले रोक्यो मौद्रिक नीति ?

सीएनएन खबर
शुक्रवार, श्रावण ४ २०८११०:१७
सीएनएन खबर
शुक्रवार, श्रावण ४ २०८११०:१७
  • images

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीतिको समिक्षा नआउने जनाएको छ । यसअघि शुक्रबार मौद्रिक नीति समिक्षाका लागि बोर्ड बैठक बोलाइएकोमा अन्तिम समयमा रोकिएको हो । 

    सञ्चालक समितिमा मौद्रिक नीतिबारे छलफल गर्ने समय कम भएकाले तत्काललाई रोकिएको राष्ट्र बैंकले स्रोतले जनाएको छ । यसअघि  बिहीबार राष्ट्र बैंक व्यवस्थापन समिति बैठकमा मौद्रिक नीतिबारेको छलफल सकिए लगत्तै बिहीबार १ बजे गर्भनर महाप्रसाद अधिकारीले अर्थमन्त्री विष्णु प्रसाद पौडेललाई भेटेर ब्रिफिङ गरेका थिए । 

    तर, बिहीबार साँझ नै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा डा. युवराज खतिवडालाई नियुक्त गरेसँगै मौद्रिक नीतिको समिक्षा पनि रोकिएको हो । पूर्व गर्भनर समेत रहेका उनकै कारण शुक्रबार सार्वजनिक गर्ने तयारी भएको मौद्रिक नीति रोकिएको हो । 

    मौद्रिक नीति आज, पारित गर्न राष्ट्र बैंकको बोर्ड बैठक बस्दै मौद्रिक नीति आज, पारित गर्न राष्ट्र बैंकको बोर्ड बैठक बस्दै

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend