२०८३, आश्विन १९ गते

images
  • अर्थतन्त्र
  • सूर्योदय वोमी लघुवित्तको एफपीओ निष्काशन, यस्तो...

सूर्योदय वोमी लघुवित्तको एफपीओ निष्काशन, यस्तो छ वित्तीय विवरण

सूर्योदय वोमी लघुवित्तको एफपीओ निष्काशन, यस्तो छ वित्तीय विवरण

शुक्रवार, श्रावण ४ २०८११२:३०
शुक्रवार, श्रावण ४ २०८११२:३०
  • images

    काठमाडौं । सूर्योदय लघुवित्त वोमी लघुवित्त वित्तीय संस्थाले ४६ हजार ७ सय २९ कित्ता थप सार्वजनिक निष्काशन (एफपीओ) निष्काशन गरेको छ।

    लघुवित्तले आजबाट प्रतिकित्ता १ सय मूल्यमा एफपीओ निष्काशनमा ल्याएको हो।  साबिकको सूर्योदय लघुवित्त वित्तीय संस्था र वोमी लघुवित्त वित्तीय संस्था मर्जर भई बनेको सूर्योदय वोमी लघुवित्तको कुल चुक्ता पुँजी ९१ करोड ७ लाख रुपैयाँ छ।

    यसमा संस्थापक सेयरको हिस्सा ७०.३६ प्रतिशत रहेको छ भने सर्वसाधराण सेयर २९.६४ प्रतिशत छ। लघुवित्तले सर्वसाधारणको सेयर हिस्सा ३० प्रतिशत पुर्याउनका लागि एफपीओ निष्काशनमा ल्याएको हो।

    बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ र नेपाल राष्ट्र बैंकले एक आपसमा गाभ्ने/गाभिने कम्पनीहरुका लागि अन्तिम स्वीकृति प्रदान गर्दा कुल जारी पुँजीको कम्तीमा ३० प्रतिशत हिस्सा सर्वसाधरणको हुनुपर्ने व्यवस्था गरेको छ।

    त्यसैले कम्पनीले सर्वसाधारणको हिस्सा बढाउन एफपीओ निष्काशनमा ल्याएको हो। कम्पनीले नेपाल धितोपत्र बोर्डबाट निष्काशनका लागि असार २३ गते अनुमति पाएको थियो। सोहीअनुसार साउन ४ देखि साउन ८ गतेसम्म आवेदन दिन मिल्ने व्यवस्था गरेको छ। 

    वित्तीय विवरण 

    कम्पनीको आव २०८०/८१ मा प्रतिसेयर नेटवर्थ २६५ रुपैयाँ ६३ पैसा रहेको छ भने आव २०८०/८१ मा यस्तो  रकम १७९ रुपैयाँ १९ पैसा र आव २०८२/८३ मा १९५ रुपैयाँ ४१ पैसा पुग्ने प्रक्षेपण छ। 

    यस्तै प्रतिसेयर आम्दानी पनि आव २०८०/८१ मा ८ रुपैयाँ ९८ प्रतिशत छ भने चालू वर्षमा १३.५६ रुपैयाँ र अगामी वर्ष १६.२१ रुपैयाँ पुग्ने कम्पनीको लक्ष्य छ। 

    आव २०८०/८१ मा कम्पनीको सञ्चित नाफा २२ करोड ९५ लाख रुपैयाँ छ भने चालू आवमा ३२ करोड ६४ लाख र आगामी वर्ष ४४ करोड २२ लाख रुपैयाँ पुग्ने प्रक्षेपण गरिएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend