काठमाडौँ । देशभर सञ्चालित १८ वटा निर्माण कम्पनीलाई सरकारले कालोसूचीमा राखेको छ ।
प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले मंगलबार एक सूचना जारी गर्दै १८ वटा निर्माण कम्पनीलाई कालो सूचीमा राखिएको जनाएको हो ।
सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा ९१० बमोजिम ती निर्माण कम्पनीलाई काली सूचीमा राखिएको सूचनामा उल्लेख छ।
कार्यालयले ३ वर्षदेखि १ वर्ष अवधिका लागि उक्त कम्पनीलाई कालोसूचीमा राखेको हो । कालोसूचीमा पर्ने उक्त कम्पनीले तोकिएको अबधिभर सरकारी निर्माण सेवामा भाग लिन पाउँदैनन् ।
मुख्यव्यक्ति उमेश सिंह रहेको भाव्य कन्ट्रक्सन, पाल्हीनन्दनलाई २ तीन वर्षको लागि कालोसूचीमा परेको छ।
त्यसैगरी मुख्यव्यक्त रामचन्द्र गिरी रहेको आरसी कन्ट्रक्सन सुन्दर हरैचा १२ मोरङ २ वर्ष, सोहन आवा जेभी, घोराही, सोहन निर्माण सेवा र आवा कन्ट्रक्सन प्राली दुई÷दुई वर्षको लागि कालो सूचीमा परेका छन्।

