काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ मा १९ खर्ब बराबरको बजेट ल्याउने भएको छ ।
राष्ट्रिय योजना आयोगले अर्थ मन्त्रालयलाई आगामी आर्थिक वर्ष २०८२/८३ को मा बजेटको सिलिङ करिब १९ खर्बको हुने गरी स्रोत अनुमान गरेको हो ।
राष्ट्रिय योजना आयोगले अर्थ मन्त्रालयमा राष्ट्रिय स्रोतको प्रारम्भिक अनुमान तथा खर्च सीमा निर्धारणसम्बन्धी प्रतिवेदन २०८१ पेश गरेको छ । त्यसैगरी योजना आयोगले आर्थिक वर्ष २०८२/८३ को आयोजना तथा कार्यक्रम प्रस्ताव गर्ने सम्बन्धी मार्ग दर्शन पनि अर्थ मन्त्रालयमा पेश गरेको छ ।
सरकारले चालु आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड ३० लाखको बजेट ल्याएको थियो । तर अर्थमन्त्री विष्णुप्रसाद शर्माले अर्धवार्षिक समिक्षा मार्फत १ खर्ब ६८ अर्बले घटाएर १६ खर्ब ९२ अर्ब ७३ करोड ३५ लाखमा झारेका थिए ।
हालै सरकारले अध्यादेशमार्फत आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन संशोधनमार्फत फागुनको पहिलो साताभित्र स्रोतको अनुमान तथा खर्चको सीमा निर्धारण गरी त्यसको प्रतिवेदन अर्थ मन्त्रालयमा पठाउनुपर्ने व्यवस्था गरेको छ ।
सोहीअनुसार योजना आयोगले स्रोतको अनुमानको प्रतिवेदन पेस गरेको हो ।

