२०८३, आश्विन १९ गते

images
  • अर्थतन्त्र
  • ‘विषयगत मन्त्रालयका सचिवलाई निर्देशन दिइसकेको छु,...

‘विषयगत मन्त्रालयका सचिवलाई निर्देशन दिइसकेको छु, भुक्तानी रोकिदैँन’, अर्थमन्त्री पौडेल

‘विषयगत मन्त्रालयका सचिवलाई निर्देशन दिइसकेको छु, भुक्तानी रोकिदैँन’, अर्थमन्त्री पौडेल

सीएनएन खबर
शुक्रवार, श्रावण ४ २०८१०४:५३
सीएनएन खबर
शुक्रवार, श्रावण ४ २०८१०४:५३
  • images

    काठमाडौँ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विभिन्न सरकारी निकायबाट निर्माण व्यवसायीलाई भुक्तानी हुनुपर्ने रकम यकिन भइरहेको र चाँडै भुक्तानी प्रक्रिया अघि बढ्ने जानकारी दिएका छन् । 

    नेपाल निर्माण व्यवसायी महासङ्घका पदाधिकारीसँग शुक्रबार अर्थमन्त्रालयमा भएको भेटघाटमा उनले दायित्व सिर्जना भइसकेको रकम भुक्तानी नरोकिने स्पष्ट पारेका हुन् । 

    महासङ्घका पदाधिकारीसंगको छलफल अघि अर्थमन्त्री पौडेलले विभिन्न विषयगत मन्त्रालयका सचिवसँग छलफल गरेका थिए । ‘काम सम्पन्न भइसकेका आयोजनाको भुक्तानी नरोक्न विभिन्न मन्त्रालयलाई भनिसकेको छ’, अर्थमन्त्री पौडेलले भने, ‘समस्या आइसकेपछि यत्तिकै राख्ने होइन, समाधान गर्दै जाने हो । दुवै पक्ष छलफल गरेर निकास खोज्नतर्फ लागौँ ।’

    सम्पन्न भएको कामको भुक्तानी नरोक्न विषयगत मन्त्रालयका सचिवलाई निर्देशन दिइसकेको अर्थमन्त्री पौडेलले बताए । पूर्वाधार निर्माणको गुणस्तर कायम गर्दै तोकिएको समय र लागतभित्र काम सम्पन्न गर्न पनि अर्थमन्त्री पौडेलले निर्माण व्यवसायीलाई आग्रह गरे । 

    ‘तपाईहरुका जायज समस्या सुन्न र समाधान गर्न सरकार तयार छ । तपाईहरु पनि तोकिएको समय र लागतभित्र काम सक्नुस । कामको गुणस्तर कायम गर्ने विषयलाई पहिलो प्राथमिकतामा राख्नुहोला’, अर्थमन्त्री पौडेलले भने । निर्माण व्यवसायीले प्रदेश र स्थानीय तहसमेतबाट गरेर करिब ६० अर्ब रुपैयाँ बराबर भुक्तानी पाउन बाँकी रहेको दावी गर्दै आएका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend